Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक २३, २०८१
Friday, November 8, 2024

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो राजनीतिक घटनाक्रममा विषयमा एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेका छन् । सोमबार बालुवाटारमा राष्ट्रिय मुद्दामा समान धारणा बनाएर अघि बढ्ने विषयमा छलफल भएको हो ।

शीर्ष तीन नेताबीचको भेट पछिल्ला समसामयिक विषयमा केन्द्रित रहेको प्रधानमन्त्री प्रेस विज्ञ मनहरि तिमल्सिनाले बताए । ‘भेट कुनै एउटै एजेण्डा तय भएर भएको होइन,’ उनले भने, ‘राष्ट्रिय मुद्दाहरूमा साझा सहमति बनाएर जानेबारे छलफल भएको हो ।’

संसद्लाई प्रभावकारी बनाउँदै लैजाने, सहकारी प्रकरणमा गठन भएको संसदीय छानबिन समितिलगायतका विषयमा पनि छलफल भएको छ । त्यसअघि प्रधानमन्त्री दाहालले सोमबार नै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग पनि विभिन्न विषयमा छलफल गरेका थिए ।

तपाईको प्रतिक्रिया