Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

काठमाडौं – तत्कालीन पर्वत राज्यअन्तर्गत प्रमुख सामरिकस्थल हो म्याग्दीको ज्यामरुककोट । बेनी नगरपालिका-२ स्थित यस स्थलमा आजभन्दा आठ सय वर्षअघि १२औँ शताब्दीमा बस्ती बसेको थियो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

विसं १२४६ मा धर्मराज थापा ज्यामरुककोटका राजा भएपछि मात्र नाम र पहिचान पाएको ज्यामरुककोट विसं १७४३ मा मलेबम मल्ल र उनका भाइ भर्तिबम मल्लको युद्धका कारण चर्चामा आएको गाउँ हो ।

ज्यामरुककोटको दक्षिणतर्फ पर्ने अन्तिम गाउँ हो सानालेख। यो गाउँ बागलुङका धार्मिक पर्यटकीयस्थल पञ्चकोट र पन्चासेसँग गहिरो सम्बन्ध रहेको गाउँ हो । गोश्वराको पुछारमा अवस्थित सानालेख गाउँका धेरै ऐतिहासिक तथा प्राकृतिक सम्पदा नासिसके पनि बचेको एउटा धारो (ठकुरीको पँधेरो) भने यहाँका बासिन्दाको इतिहास झल्काउने, सानालेखका पुर्खाहरूलाई सम्झाउने र गृहिणीहरूका दुःख बिसाउने माध्यम बनेको छ ।

ज्यामरुककोटे राजा भर्तिबम मल्लका सन्तति र कल्याण मल्लका बाजेहरूले विसं १८८६ मा गाउँलेलाई ठूलो खोलाको पानी पिउनुपर्ने समस्याबाट मुक्त गराउन यो ढुंगेधारो निर्माण गरेका सानालेख निवासी हरिप्रसाद शर्मा बताउँछन् । ‘यो धारोलाई ठकुरीको पँधेरो भनिन्छ । यसको इतिहास करिब दुईसय वर्ष पुरानो छ’, उनी भन्छन्, ‘ज्यामरुककोटे राजा भर्तिबम मल्लका सन्तानहरू यहाँ आएर बस्न थालेपछि उनीहरूकै सुविधाका लागि यो धारो निर्माण गरिएको थियो । त्यतिबेला पूरै गाउँमा यही एउटामात्रै धारो रहेकाले ठकुरीहरूले प्रयोग गरिसकेपछि मात्र सापकोटा र थापाहरूले प्रयोग गर्ने गर्दथे भन्ने भनाइ थियो ।’

स्थानीय पँधेरा र ढुंगेधाराहरू गाउँघरबाटै लोप हुन थालेको अवस्थामा आफूहरूले पुर्खाको चिनोका रूपमा यो ढुंगेधारो मर्मत र संरक्षण गर्दै अएको थापा बताउँछन् । ‘यो धारोसँग हाम्रा पुर्खाहरूको नाम र पहिचान जोडिएको छ । ढुंगेधारोलाई पुरानै स्वरुपमा संरक्षण गर्न नसकिए पनि मर्मत गरेर अहिलेसम्म जोगाएका छौँ’, उनी भन्छन्, ‘ढुंगाको गौमुखे धारो हराएपछि अहिले मूल रहेको ठाउँबाट कुलेसो बनाएर पुरानै ढुंगा र छपनी प्रयोग गरी पाइपबाट पानी खसालेका छौँ ।’

पछिल्लो समय गाउँ-गाउँमा मोटरबाटोको पहुँच र एक घर एक धाराको अवधारणा आएपछि पँधेरा र ढुंगेधाराको उपयोगमा पनि कमी आएको स्थानीय बासिन्दा बताउँछन् । अव्यवस्थितरूपमा खनिएका मोटरबाटो र पाइपमार्फत घरघरमा पानी पुर्‍याउने होडबाजीमा कतिपय जलसम्पदा पुरिएको अवस्थामा साना लेखवासी आफ्ना पुर्खाको सम्झनाका लागि ढुंगेधारो संरक्षण गरेको बताउँछन् ।

‘यो ढुंगेधारोसँग हाम्रा पुर्खाहरूको नाममात्रै जोडिएको छैन, हाम्रा आमा र दिदीहरूको दुःखका कथाव्यथा पनि जोडिएको छ’, स्थानीय महेन्द्र थापा चर्चा गर्छन्, ‘त्यसबेला अहिलेको जस्तो हातहातमा मोबाइल र घरघरमा धाराको चलन थिएन । बिहान सखारै उठेपछि पहिलो काम धारामा गएर नुहाउने र पानी लिएर घरमा आउने हुन्थ्यो । दिनभरि काममा व्यस्त हुनुपर्ने आमा दिदीहरू भेटेर दुःख सुखका कुरा गर्ने फुर्सद पनि नपाउँदा पँधेरामा पानी भर्ने बेलामै आ-आफ्ना दुःखसुखका कुरा गर्ने गर्दथे ।’

धारो निर्माणका लागि सोही बखत ठूलो खोलाबाट ल्याइएका विशाल छपनी र काला दर्शनढुंगाहरू अहिले पनि उस्तै अवस्थामा रहेका छन् । धारोको माथिल्लो पर्खाललाई दुईपटक मर्मत गरिसकिए पनि तल्लो भाग भने पुरानै अवस्थामा राखिएको थापा बताउँछन् । पानीले खियाउँदै लगेर तल्लो भागको मूलढुंगा ओखलजस्तो बनेको छ । लेउ लागेर चिप्लो बनेको तल्लो भागलाई सरसफाइ र पुनःमर्मत गर्नुपर्ने भएको हरि शर्माको भनाइ छ ।

पानी जम्मा हुने ठाउँमा चेपागाडा, भ्यागुता र माछाहरू देखिन्छन् । धारो रहेको ठाउँभन्दा तलपट्टीको खेत सधैँभरि पानीले भरिने गरेको छ । प्रशस्तै गड्यौला पाइने यहाँको माटो निकै खुकुलो भएकाले यहाँ धानबाली अरु ठाउँको भन्दा निकै राम्रो हुने गरेको स्थानीयको भनाइ छ । हिउँद होओस् वा वर्षा, जुनसुकै याममा पनि साँझ परेपछि यहाँ जुनकिरी नाचिरहेको देखिन्छ । पछिल्लो समय अरु ठाउँमा देखिन छोडेका जुनकिरी ढुंगेधारो परिसरमा भने प्रशस्तै देखिने गरेका स्थानीयवासी रघु शर्मा बताउँछन् ।

म्याग्दीका ग्रामीण भेगमा रहेका कैयौँ पधेरा र ढुंगेधारा लोप भइसकेका र भावी पुस्ताले यस्ता परम्परागत मौलिक सम्पदाहरू देख्न नपाउने हुँदा भएका ढुंगेधारा संरक्षण गर्न स्थानीय तहले नै सक्रियता देखाउनुपर्ने उनको भनाइ छ । यही ढुंगेधाराले गाउँको सौन्दर्य बचाइराखेको स्थानीय टोपबहादुर थापा बताउँछन् । ‘उकाली ओराली गर्दा आँत हरहर भएको बेलामा अञ्जुली थापेर ढुंगेधाराको पानी कलकल पिउँदा पाइने आनन्द बेग्लै हुन्छ’, उनी भन्छन् ।

पानी पँधेरो र ढुंगेधारोसँग गाउँको संस्कृति र सभ्यताको साइनो रहेको र ग्रामीण सभ्यताको सुरुवात नै यस्तै सम्पदाहरूबाट भएको थापा बताउँछन् । तीन दशकअघिसम्म यही पानी पँधेरो नै यहाँका महिलाहरूको दुःखसुख साटासाट गर्ने र पीरब्यथा कहने एकमात्र माध्यम हुने गरेको उनको भनाइ छ । पछिल्लो समय गाउँको सौन्दर्यमात्रै होइन आत्मीयता र सामूहिकतामा समेत संकट देखापरेको स्थानीय बूढापाकाको भनाइ छ ।

सामूहिकरूपमा काम गर्ने गाउँलेहरूमा विश्वासको संकट बढ्दै गएकाले एकांकीपन बढेर आएको र उपभोक्तावादी संस्कृतिका कारण गाउँलेहरू पनि व्यापारीजस्ता बन्दै जान थालेका बेनी नगरपालिका-२ का वृद्ध खड्गबहादुर घिमिरे बताउँछन् । प्रविधिको बढ्दो प्रयोग र पश्चिमेली संस्कृतिको प्रभावका कारण गाउँको संस्कृति, मौलिकता र सम्पदा हराउँदै गएको उनको भनाइ छ ।

‘पँधेरा र ढुंगेधारा भएको ठाउँमा जलदेवताको पूजा गर्ने गरिन्थ्यो, जलदेवताको पूजा गर्ने, गाउँभरिका मानिसहरु भेला भएर दुःखसुख साट्ने, रमाइलो गर्ने, खिर पकाएर चढाउने र प्रसादको रूपमा खाने गरिन्थ्यो’, बगरफाँटमा अर्का वृद्ध वेदप्रसाद उपाध्याय भन्छन्, ‘अब ती सबै परम्पराहरू हराएर गइसकेका छन् ।’

विकास, बासाइँसराइ र प्रविधिको पहुँचका कारण ग्रामीण संस्कृति र सभ्यताको क्षयीकरण हुँदै गएको अवस्था छ । विकास र प्रविधिलाई संस्कृति र सभ्यतासँग जोडेर संरक्षण गर्नुपर्नेमा उल्टो विनाश हुँदै गएको स्थानीय बुद्धिजीवीहरू बताउँछन् । -रासस

तपाईको प्रतिक्रिया