Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने एकजना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवन रत्ननगर नगरपालिका १० घर भइ हाल काठमाडौंमा बस्ने ४२ वर्षीय चतुर्मान महतो हुन्।

सामाजिक सञ्जालमार्फत चिनजान भई विभिन्न भेटघाटमा भएका क्रियाकलापको तस्विर श्रव्य दृश्य सम्पादन गरी महिलाको श्रीमानलाई मेसेजमा पठाई चरित्र हत्या गर्न खोजेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता एवं उपरीक्षक पशुपतिकुमार रायले जानकारी दिएका छन्। महतोलाई विद्युतीय कारोबार ऐन २०६३, अपराध अन्तर्गतको कसूरमा पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया