Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष २६, २०८१
Friday, January 10, 2025

काठमाडौं – तीजमा अहिले गाइने कतिपय गीतहरूमा न तीजको मर्म बोक्ने शब्द छन्, न प्रस्तुति छ र सङ्गीत नै । विवाह गरेर गएकी महिलाले आफ्ना भोगाइ अभिव्यक्त गर्न तीज गीत गाउने परम्परा छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

यी परम्परालाई निरन्तरता दिँदै मौलिक तीज गीत ‘बरिलै…’ सार्वजनिक भएको छ । मौलिक लाइभ नेपालको प्रस्तुति मा तयार भएको गीत मौलिक लाइभ नेपाल युट्युबबाट सार्वजनिक भएको हो । सागर विरहीको शब्द/संगीत रहेको गीतमा जुना श्रीष मगर, कालिका रोका, ज्ञानु ठाडा मगर, फुलमाया मगर र माया मगरले संयुक्त रूपमा स्वर दिएकी हुन् ।

वर्षाको बेला नदी, खोला र बाटो बिग्रेकाले माइती आउन नपाएको यथार्थ बोलेको छ । माइतीको सम्झनालाई मनमा संघाल्दै बालापनका साथीसंगीलाई पनि गीतमार्फत याद गरिएको छ । ‘आफू पराईघरमा हुँदा माइती कस्तो भयो होला ? सम्झने मात्रै देख्न नपाइने’ जस्ता भोगाइलाई गीतमार्फत प्रस्तुत गरिएको छ । प्राय सृजनाहरू काल्पनिक हुन्छन् तर यो गीतले कल्पनामै डुबेर हजारौँ चेलीको यथार्थ पीडा दर्साएको छ ।

गीतको भिडिओको निर्देशन पनि सागर विरही नै गरेका छन् भने रोशन गाहा मगरको सम्पादन छ । छायांकन सुरेश श्रेष्ठ र गोपाल सुनार गरेका हुन् । मौलिकता बचाउँदै तयार पारिएको गीतले सामाजिक पारिवारिक आयाम जोडेकोले दर्शक श्रोताले मन पराउने अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया