Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

काठमाडौं – कांग्रेस सभापति शेरबहादुर देउवाले स्वस्थ आलोचनाले काम गर्न उत्साह बढाउने बताएका छन् । नेपाल प्रेस युनियनको ३२औँ स्थापना दिवसको अवसरमा शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सभापति देउवाले उचित आलोचनाले काम गर्न झन् उत्साह बढाउने बताएका हुन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

पार्टीमा केही समस्या भए करेक्सन गर्न आफू तयार रहेको उनले बताए । तर, आलोचना भने स्वस्थ हुनुपर्ने उनको भनाइ छ । ‘कांग्रेसले आलोचनाबाट डराउनुपर्ने कुरा छैन । डराउँदैन पनि,’ सभापति देउवाले भने, ‘कतिपय उचित आलोचनाहरू हुन्छन् । त्यसले काम गर्न अझ उत्साह हुन्छ । केही समस्या भए करेक्सन हुन्छ । आलोचनाले समस्या समाधान गर्न सहज हुन्छ । तर, स्वस्थ आलोचना गर्नुस् ।’

प्रजातन्त्रको सुदृढीकरणको काममा एकजुट भएर लाग्नुपर्ने आवश्यकता रहेको उनले बताए । प्रजातन्त्रको खिलापमा एकथरी लागिपरेको उल्लेख गर्दै उनले त्यसको सुदृढीकरणमा सबै राजनीतिक दलहरू लाग्नुपर्ने बेला आएको बताए । ‘अहिले देशमा बडा चुनौती छ । लामो लडाइँपछि आएको प्रजातन्त्र हो । यसको खिलापमा एकथरी लागेका छन्,’ उनले भने, ‘हामी सबैले एकजुट भएर प्रजातन्त्रको सुदृढीकरण गर्ने काममा लाग्नुपर्छ । प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हो । अरू कुनै हुन सक्दैन ।’

यसअघि भने सभापति देउवाले पार्टीभित्रैबाट असहयोग भएको भन्दै असन्तुष्टि जनाउँदै आएका थिए । पार्टीमा एकलौटी गरिरहेको र आलोचना सुन्नै नचाहेको आरोप लागिरहेका बेला अब उनी लचिलो हुने संकेत देखिएको हो ।

तपाईको प्रतिक्रिया