Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

समाचार सुन्नुहोस् :

काठमाडौँ – नेपालमा इलेक्ट्रिक कार (ईभी)को आयात दिनानुदिन बढ्दो क्रममा देखिएको छ। भन्सार विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९/८० को वैशाख मसान्तसम्म २ हजार ९५५ यूनिट इलेक्ट्रिक कार आयात भएको छ। गत आवको सोही अवधिमा १ हजार ५५१ यूनिट इलेक्ट्रिक कार आयात भएको थियो। गत आर्थिक वर्षको वैशाखको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा १ हजार ४०४ यूनिट आर्थत ९०.५२ प्रतिशतले इलेक्ट्रिक कार (ईभी)नेपाल भित्रिएका छन्।चालु आवको पहिलो १० महिना ८ अर्व ४१ करोड ६४ लाख ११ हजार रुपैयाँको इलेक्ट्रिक कार आयात भएको छ। इलेक्ट्रिक मार्फत सरकारले २ अर्ब ३० करोड ८८ लाख ५५ हजार रुपैयाँ राजश्व संकलन गरेको छ। गत आवको सोही अवधिमा ४ अर्ब ५२ करोठ ६८ लाख ३ हजार रुपैयाँ बराबरको इलेक्ट्रिक कार नेपाल भित्रिएका थिए।

नेपालमा १०० किलोवाट क्षमताका ८ अर्ब ९ करोड ९८ लाख ८७ हजार रुपैयाँ बराबरको २ हजार ८८२ यूनिट इलेक्ट्रिक कार आयात भएका छन्।यस्तै १०० देखि २०० किलोवाट क्षमताका २७ करोड ५८ लाख ६७ हजार रुपैयाँ बराबरको ६६ यूनिट इलेक्ट्रिक कार भित्रिएको भन्सार विभागको तथ्यांकमा देखिन्छ।साथै २०० देखि ३०० किलोवाट क्षमतका ४ करोड ६ लाख ५८ हजार रुपैयाँ बराबरको ७ यूनिट इलेक्ट्रिक कार आयात भएको छ।नेपालमा चीन, भारत, इन्डोनेसिया, दक्षिण कोरिया र अमेरिका सहित ५ ओटा मुलुकबाट इलेक्ट्रिक कार आयात हुने गरेको भन्सार विभागले जनाएको छ ।नेपालमा सबैभन्दा धेरै इलेक्ट्रिक कार भारतबाट आउने गरेको देखिन्छ। भारतबाट ५ अर्ब ३२ करोड ७९ लाख ५४ हजार रुपैयाँ बराबरको १ हजार ९६८ यूनिट इलेक्ट्रिक कार आएको छ।

चीनबाट २ अर्ब १३ करोड ३१ लाख रुपैयाँ बराबरको ७१० यूनिट इलेक्ट्रिक कार भित्रिएको छ।दक्षिण कोरियाबाट १ अर्ब ४ करोड ६१ लाख ७३ हजार रुपैयाँ बराबरको ७० यूनिट इलेक्ट्रिक कार आएको विभागको तथ्यांकमा देखिन्छ।अमेरिकाबाट २ करोड २७ लाख ७८ हजार रुपैयाँ बराबरको ४ यूनिट इलेक्ट्रिक कार नेपाल आएको छ।इन्डोनेसियाबाट ६४ लाख ६ हजार रुपैयाँ बराबरको ३ यूनिट इलेक्ट्रिक कार नेपाल ल्याइएको छ ।

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया