Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक २३, २०८१
Friday, November 8, 2024

काठमाडौं – आइतवार पक्राउ परेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई सोमवार अदालतमा उपस्थित गराइने भएको छ। म्याद थप गर्नको लागि अदालत लगिने जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ। रायमाझी पक्राउ परेपछि परिसरले विज्ञप्ति निकालेर बुढानिलकण्ठबाट समातिएको औपचारिक जानकारी दिएको थियो। सोही प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाण समातिदा भने औपचारिक जानकारी दिएको थिएन।

रायमाझीलाई आइतवार साँझ काठमाडौंको बुढानिलकण्ठस्थित एक घरबाट प्रकाउ गरिएको बताइएको छ। नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणमा अदालतबाट प्रहरीले पक्राउको अनुमित लिएसँगै उनी फरार भएका थिए। बैशाख २० गतेदेखि उनी फरार थिए। जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिँदा गृहजिल्ला अर्घाखाँचीमा रहेका उनी काठमाडौं फर्कने क्रममा भैरहवाबाट सम्पर्कविहीन भएका थिए। सोही दिन राति ९ बजेबाट रायमाझीको मोबाइल अफ भएको थियो।

उनी भारतमा लुकेर बसेको सूचना समेत प्रहरीले पाएको थियो। तर एक्कासी १० दिनपछि उनी काठमाडौंमा समातिएको प्रहरीको दाबी छ। नेपाल प्रहरीको विषेश टोलीले उनलाई पक्राउ गरेको हो। प्रहरीको दाबी अनुसार उनी पोखराबाट काठमाडौं आएका हुन्। तत्कालीन नेकपा विवादपछि नेकपा (एमाले) रोजेका रायमाझी पूर्व माओवादी नेता हुन्। २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा अर्घाखाँचीबाट उनी निर्वाचित भएका थिए। एमालेको दशौं महाधिवेशनबाट उनी सचिव चुनिएका थिए। शरणार्थी प्रकरणमा मुछिएपछि पार्टीले उनलाई जिम्मेवारीबाट निलम्बन गरिसकेको छ।

 

तपाईको प्रतिक्रिया