Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक २३, २०८१
Friday, November 8, 2024

काठमाडौँ – मोरङको बुढीगंगा गाउँपालिका दिनेश कुमार माझी आठ घण्टापछि विजुलको हाइटेन्सन पोलबाट ओर्लिएका छन् । बुढीगंगा ७ का वडाध्यक्ष पंकज चौधरीले उनी गाउँपालिका अध्यक्ष जीतनारायण थापा मगर आएपछि ओर्लिएको बताए । ‘उनी भर्खरै ओर्लिएका छन् । गाउपालिका अध्यक्ष आएपछि उनी ओर्लिएका हुन् । गाउपालिका अध्यक्ष यहाँ आउन पर्ने उनको माग थियो,’– वडा अध्यक्ष चौधरीले भने ।

वडा नं.७ डंग्राहाका ४० वर्षीय माझीले बुढीगंगा ७ वडा कार्यालयदेखि दक्षिणतर्फ जाने सडकमा रिटेनिङ वाल निर्माणको गुणस्तर कमसल भएको विरोधमा आज विहानदेखि हाइटेन्सन पोलमा चढेका थिए । उनी दुहबी दमक लाइनको १ लाख ३२ हजार भोल्टको प्रसारण लाइनको पोलको टुप्पोमा बसेका थिए । गाउँपालिका अध्यक्ष मगर र उपाध्यक्ष अमृता कुमारी गच्छदार थारुले आफनो मागलाई वेवास्ता गरेको भन्दै उनले आत्मदाह गर्ने चेतावनी दिईरहेका थिए ।

 

तपाईको प्रतिक्रिया