काठमाडौँ – नेपाल राष्ट्र बैङ्ककले प्रकाशित गरेको विदेशी मुद्रा बिक्री विनिमयदर अनुसार आज शुक्रबार अमेरिकी डलरको भाउ सामान्य घटेको छ भने युरोपियन युरो महङ्गिएको छ ।यसअघि अमेरिकी डलर एकको खरिदमा १३० रुपैयाँ ६२ पैसा र बिक्रीमूल्य १३१ रुपैयाँ २२ पैसा कायम रहेकोमा आज सामान्य घटेर खरिदमा १३० रुपैयाँ ५९ पैसा र बिक्रीमा १३१ रुपैयाँ १९ पैसा कायम भएको छ ।
यता, युरो भने बढेर एकको खरिदमा १४४ रुपैयाँ ४२ पैसा र बिक्रीमा १४५ रुपैयाँ ८ पैसा पुगेको छ । यसअघि युरोपियन युरो एकको खरिददर १४४ रुपैयाँ १० पैसा र बिक्रीदर १४४ रुपैयाँ ७६ पैसा कायम भएको थियो ।
यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ १५ पैसा र बिक्रीदर ८७ रुपैयाँ ५५ पैसा, क्यानेडियन डलर एकको खरिदमूल्य ९५ रुपैयाँ ९१ पैसा र बिक्रीमूल्य ९६ रुपैयाँ ३५ पैसा, जापानी येन १० को खरिदमा ९ रुपैयाँ ७१ पैसा र बिक्रीमा ९ रुपैयाँ ७५ पैसा, साउदी अरेवियन रियाल एकको खरिददर ३४ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३४ रुपैयाँ ९८ पैसा र कतारी रियाल एकको खरिदमूल्य ३५ रुपैयाँ ७४ पैसा र बिक्रीमूल्य ३५ रुपैयाँ ९० पैसा तोकिएको छ ।