काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सिंहदरबारमा भेटवार्ता भएको छ । उनीहरूबीच संवैधानिक परिषद्को बैठक बस्ने विषयमा छलफल भएको छ । संवैधानिक परिषद्को बैठक बसेर सर्वोच्च अदालतका प्रधानन्यायाधीश नियुक्तलगायत संवैधानिक निकायमा पदाधिकारी सिफारिस गर्नुपर्ने भए पनि बैठक अगाडि बढ्न सकेको छैन ।
संवैधानिक परिषद्सम्बन्धी ऐन संशोधन गर्न सरकारले संसदमा विधेयक ल्याए पनि सो विधेयक पारित हुन सकेको छैन । बैठक एमाले अध्यक्ष ओलीले स्थानीय तह र प्रदेशमा संघबाट जाने अनुदान कटौती नगर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । सरकारले यस्तो अनुदान ५० प्रतिशत कटौती गर्ने निर्णय गरेको छ ।