काठमाडौँ – आन्तरिक राजश्व कार्यालय भद्रपुर झापाले विवादीत मेडिकल व्यवसायी दुर्गा प्रसाईँको नाममा १५ दिने ‘अल्टिमेन्टम’ जारी गरेको छ । नागिरक बचाउ अभियानका संयोजकसमेत रहेका प्रसाईँले आयकर नतिरेको भन्दै आन्तरिक राजश्व कार्यालय भद्रपुरले उनी र इन्दिरा गिरीको नाममा पत्र काटेको हो ।
प्रसाईँ र गिरीको नाममा रहेको वि एण्ड सी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर लगायत ३६ वटा कम्पनीलाई कर कार्यालयले १५ दिने अल्टिमेन्टम दिएको छ ।