Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक २३, २०८१
Friday, November 8, 2024

समाचार सुन्नुहोस् :

काठमाडौँ – अमेरिकी डलर अर्बपति एलन मस्कको कम्पनी स्पेस एक्सले बनाएको रकेट स्टारशिप परीक्षण उडानको क्रममा विष्फोट भएको छ । हालसम्मको सबैभन्दा शक्तिशाली भनिएको स्टारशिप रकेट अमेरिकाको टेक्सस परीक्षण केन्द्रबाट उडेको तीन मिनेटमा आकाशमै विष्फोट भएको बीबीसीले जनाएको छ । उक्त यान अन्तरीक्ष यात्रीहरुलाई चन्द्रमा, मंगल ग्रह र अरु यस्तै प्रकारका लामो अन्तरीक्ष अभियानमा लैजाने उद्देश्यले बनाइएको थियो । विस्फोटसँगै एलन मस्कको यो महात्वाकांक्षी परियोजना थियो ।

उडेको तीन मिनेटपछि नै स्टारशिप रकेटको क्याप्सुलको फस्ट स्टेज रकेट बुस्टरबाट अलग हुनुपर्नेमा भएको थिएन । त्यसपछि रकेट बिस्फोट भएर परीक्षण उडान असफल भयो ।यसअघि गत सोमबार यही यान परीक्षण गर्ने भनिएकोमा अन्तिम समयमा स्थगित गरिएको थियो । यता, एलन मस्कले कम्पनीले अबको २ महिनामै फेरि अर्को उडान परीक्षण गर्ने बताएका छन् ।

‘बिहीबारको उडान परीक्षणका क्रममा विस्फोट भए पनि स्पेश एक्सका इन्जिनियरहरु थाकेका छैनन्। उनीहरुले फेरि आफूलाई तिखार्नेछन् र नयाँ उडान परीक्षणको तयारीमा जुट्नेछन्,’ उनले भनेका छन्, ‘हामीले दोस्रो स्टारशिप पनि उडानको लागि तयारी अवस्थामा राखेका छौं।’

 

तपाईको प्रतिक्रिया