Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक २३, २०८१
Friday, November 8, 2024

समाचार सुन्नुहोस् :

काठमाडौं – संघीय संसद् दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजेका लागि बैठक बोलाइएको संसद् सचिवालयले जनाएको छ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन २०७८/०७९’ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।

प्रधानमन्त्री प्रचण्डले नै आज राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७७ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । राष्ट्रियसभाको बैठक पनि आजै बस्दै छ । बैठक दिउँसो साढे २ बजे बस्ने संसद् सचिवालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया