समाचार सुन्नुहोस् :
काठमाडौं – अर्थमन्त्री प्रकाशरण महत आएपछि पहिलो पटक नेप्से परिसूचक २७.२१ अंकले बढेको छ । मंगलबारको बजार १ बजेसम्म खासै उत्साहित थिएन । त्यसपछि भने उकालो लागेको थियो । २७ अंकले नेप्से परिसूचक उकालो लागे पनि कारोबार भने एक अर्बभन्दा कम रहेको छ । आज ९४ करोड ५२ लाख ४९ हजार रुपैयाँ बराबरको ३३ लाख १५ हजार कित्ता सेयर कारोबार भएको छ ।
२६२ कम्पनीको सेयर किनबेच भएको नेप्सेमा कालिञ्चोक केवलकारका लगानीकर्ता सबैभन्दा बढी कमाउनेमा छन् । यस्तै आर्दश लघुवित्तका लगानीकर्ताले समेत कमाएका छन् ।गुमाउनेमा भने सानिमा मिडल तमोरका लगानीकर्ता रहेका छन् ।