Deneme Bonusu Veren Siteler
बिहिबार, कार्तिक २२, २०८१
Thursday, November 7, 2024

समाचार सुन्नुहोस् :

काठमाडौँ – उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले केन्द्रीय सरकारले आफूलाई सहयोग नगरेको भनेर लगाएको आरोपको खण्डन गरेका छन्। आज बिहान सामाजिक सञ्जालमार्फत मेयर शाहले प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री श्रेष्ठसँग आफूले भेटवार्ता गरिरहेको तस्बिरसहित आफ्नो अभियानमा सिंहदरबारको सरकारले सहयोग नगरेको आरोप लगाएका थिए।

उक्त विषयमा उपप्रधानमन्त्री श्रेष्ठले चितवनमा पत्रकारसँग कुरा गर्दै आफूहरू स्थानीय सरकारलाई सहयोग गर्न प्रतिबद्ध रहेको तर गर्न लागिएको कामको औचित्य पुष्टि हुनेखालको तथ्य दिनुपर्ने टिप्पणी गरेका हुन्। ‘काठमाडौँ महानगरका मेयरका बारेमा म अहिले व्यक्तिगत रूपमा कुनै टिप्पणी गर्न चाहन्नँ। तर कुरो के हो भने संघीय सरकार प्रदेश सरकार र स्थानीय सरकारसँग समन्वय गरेर संविधानले दिएको जिम्मेवारीलाई पूरा गर्न, मद्दत गर्न प्रतिबद्ध छ’, उनले भने, ‘तर त्यसो भनेको अर्थचाहिँ स्थानीय सरकार वा प्रदेश सरकारले म यसो गर्छु भन्ने अनि बल प्रयोग गर्न अनुरोध मात्रै गर्ने जानकारी दिएर मात्र त हुँदैन।’

 

तपाईको प्रतिक्रिया