Deneme Bonusu Veren Siteler
बिहिबार, कार्तिक २२, २०८१
Thursday, November 7, 2024

समाचार सुन्नुहोस् :

काठमाडौँ – कहिलेकाहीँ यस्ता दुर्घटना मानिससँग हुने गर्दछ जुन निकै डरलाग्दो हुन्छ । दक्षिण अफ्रिकाका एक पाइलटसँग पनि यस्तै भएको छ । दक्षिण अफ्रिकाका पाइलट रुडोल्फ इरास्मसले ११ हजार फिटको उचाइमा उड्ने क्रममा आफ्नो पीठमा चिसो महसुस गरे र केही समयपछि एउटा ठूलो कोब्रा सर्प आफ्नो सिटमुनि रहेको देखे। तर उनले जीवन र मृत्युको बीचमा सुरक्षित आपतकालीन अवतरण गरे, जसको अहिले सर्वत्र प्रसंशा भएको छ ।

यो निकै डरलाग्दो रहेको उनले बताए, पाइलट इरास्मस विगत पाँच वर्षदेखि विमान उडाउँदै आएका छन् । यस घटनामा, उनी चार यात्रुहरू लिएर वर्सेस्टरबाट नेल्स्प्रुटको अर्को उडान गर्दै थिए । त्यसैले उसले आफ्नो पीठमा चिसो चिसो महसुस गरे र सोचे की पानीको बोतलबाट पानि झरेको छ । उनले देब्रेतिर फर्केर तल हेर्दा कोब्राले सिटमुनि टाउको राखेको थियो ।

उनले एक क्षणको लागि स्तब्ध भएको बताए । उनले भने- ‘मसँग मौनता बाहेक केही थिएन किनकि विमानमा अन्य यात्रु थिए । यात्रुहरु माझ त्रास पैदा गर्न नचाहेकोले यो कुरा यात्रुहरुलाई बताउनुपर्छ भन्ने लाग्यो ।’ उनले सबै यात्रीलाई ककपिटमा सर्प देखिएको र आफुले विमानलाई जति सक्यो छिटो आकस्मिक अवतरणको प्रयास गरिरहेको जानकारी दिएका थिए ।

उनले कोब्रालाई आफ्नो सिट मुनि आएको देखे तर उनले विमानको सन्तुलन कायम राखे। इरास्मसले आफुहरु धेरै परिस्थितिहरूको लागि प्रशिक्षित हुन्छौं तर निश्चित रूपमा ककपिटमा सर्पहरूसँग व्यवहार गर्नको लागि भने हुदैनौं । उनले विमानलाई वेलकोममा आपतकालिन अवतरण गराएका थिए । सो सर्प अहिलेसम्म विमानमा नभेटिएको र इन्जिनियरहरूले अझै खोजिरहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया