Deneme Bonusu Veren Siteler
बिहिबार, कार्तिक २२, २०८१
Thursday, November 7, 2024

समाचार सुन्नुहोस् :

काठमाडौँ – व्यवसायी दुर्गा प्रसाईंको अभियानले नेपाल बन्दको निर्णय फिर्ता गरेको छ । प्रसाईंले राष्ट्र, राष्ट्रियता, धर्म, सस्कृति र नागरिक बचाउ महाअभियानको पूर्व घोषणा कार्यक्रम अन्तर्गत चैत्र २४ गते तय गरेको नेपाल बन्द फिर्ता गरेको जानकारी दिएका हुन् ।

बिहीबार एक विज्ञप्ती जारी गर्दै प्रसाईंले हाल चलिरहेको एसईई परीक्षाका कारण आन्दोलन फिर्ता लिएको जानकारी दिएका छन् । ‘चैत्र २४ गते शुक्रबारका दिन नेपाल बन्दको घोषणा गरेकोमा हाल चलिरहेको एसईई परीक्षालाई ध्यानमा राख्दै नेपाल बन्द फिर्ता लिएको जानकारी गराउन चाहन्छौँ ।’- विज्ञप्तीमा उल्लेख गरिएको छ ।

बैंकको चर्को ब्याज र लघुवित्त वित्तीय संस्थाहरुको ज्यादतीविरुद्ध प्रसाईं पछिल्लो केही समयदेखि सक्रिय रुपमा लागी परेका छन् । उनले बैंकहरुले अस्वभाविक रुपमा बढाएको ब्याजदर घटाउनुपर्ने र २० लाखभन्दा मुनिको ऋण मिनाह गर्नुपर्ने मागसहित देशव्यापी आन्दोलनको नेतृत्व गरिरहेका छन् ।

 

तपाईको प्रतिक्रिया