समाचार सुन्नुहोस् :
काठमाडौँ – मोरङका विभिन्न तीन परीक्षा केन्द्रबाट एसइई दिईरहेका ११६ जना नक्कली विद्यार्थी पक्राउ परेका छन् । मोरङको ग्रामथान गाउँपालिका २ मा रहेको सरस्वती माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट ५२ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
यस्तै, केराबारी गाउँपालिका ७ स्थित सार्वजनिक माध्यामिक विद्यालयबाट ४४ जना र सुन्दरहरैचा नगरपालिका १ स्थित जनता माध्यामिक विद्यालयबाट २० पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
नक्कली परीक्षार्थीको सम्वन्धमा आवश्यक छानवीन कार्य भईरहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका विद्यार्थी सामाजिक विषयको परीक्षा दिईरहेका थिए ।