शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024
भैरहवा-  विश्वसम्पदा सूचीमा रहेको लुम्बिनीको मायादेवी मन्दिरमा नेपालको राष्ट्रिय झण्डा राखिएको छ । भारत तथा तेस्रो मुलुकबाट आउने पर्यटकलाई गौतम बुद्ध नेपालमा जन्मेका हुन् भन्ने जानकारी होस् भन्ने उद्देश्यले मायादेवी मन्दिरमा राष्ट्रिय झन्डा राखिएको लुम्बिनी विकास कोषले जनाएको छ ।
बौद्धधर्मालम्बी तथा केही राजनीतिक दलले नेपालको झन्डा राख्नुभन्दा बौद्ध झन्डा राख्नु नै उचित हुने भन्ने अडान विगतदेखि राख्दा झण्डा राख्न नसकिए पनि हाल आपसी छलफलमा भएको सहमतिपछि नेपालको झण्डा राखिएको बताइएको छ ।
प्रायः विदेशी पर्यटकले “लुम्बिनी नेपालमा पर्छ कि भारतमा” भनी आफूहरूसँग विगतमा सोध्ने गरेको र झण्डा राखिएपछि लुम्बिनी नेपालमा पर्ने रहेछ भन्ने जानकारी पाएको लुम्बिनीका पर्यटन व्यवसायी प्रह्लाद यादवले बताए ।
मायादेवी मन्दिरको माथि चार सुरमा पहिला बौद्ध झण्डा राखिएकोमा हाल कोषले चार सुरमध्ये तीन सुरमा नेपालको झण्डा राखेको कोषका सूचना प्रमुख हरि राईले बताए । ***
भैरहवा बहुमुखी क्याम्पसक प्रमुख डा घनश्याम परिश्रमीले अन्तर्राष्ट्रिय जगतमा बुद्धको जन्म नेपालमा भएको र नेपाल शान्तिभूमि हो भत्रे जानकारी मायादेवीमा रहेको झन्डाले बताउने उल्लेख गरे ।

तपाईको प्रतिक्रिया