Deneme Bonusu Veren Siteler
बिहिबार, कार्तिक २२, २०८१
Thursday, November 7, 2024

समाचार सुन्नुहोस् :

काठमाडौं – नयाँ उपराष्ट्रपति चयनका लागि आज (शुक्रबार) हुने मतदानमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सहभागी नहुने भएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा आज मतदान हुनेछ । मतदानका लागि बिहान १० देखि दिउँसो ३ बजेसम्मको समय निर्धारण गरिएको छ ।

राप्रपाको गएको बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट उपराष्ट्रपति निर्वाचनमा मतदान नगरी तटस्थ बस्ने निर्णय गरिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । राप्रपाबाट प्रतिनिधिसभामा १४ र प्रदेशसभामा २८ सांसद छन् । उनीहरूको कुल मतभार दुई हजार ४५० हुन्छ । राप्रपा गएको राष्ट्रपति निर्वाचनमा पनि तटस्थ बसेको थियो ।

 

तपाईको प्रतिक्रिया