काठमाडौं – प्रदेश सभा सदस्य गोविन्द न्यौपाने घाइते भएका छन् । राष्ट्रपति निर्वाचनमा मतदान गरेर फर्किने बेला सिँढीबाट ओर्लने क्रममा चक्कर लागेर उनी लडेका थिए। उनको टाउकोमा सामान्य चोट लागेको छ।
उनलाई संसद् भवन नयाँ बानेश्वर नजिकै रहेको सिभिल अस्पतालमा उपचारका लागि लगिएको जनाएको छ। नेकपा एकीकृत समाजवादीका न्यौपाने सप्तरी ४ ‘क’बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।