Deneme Bonusu Veren Siteler
सोमबार, पौष १५, २०८१
Monday, December 30, 2024

काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देशभरका कम्युनिष्ट पार्टीहरूलाई मिलाउन आफूहरूले आठ दलीय गठबन्धनलाई बलियो बनाउने नीति लिएको बताएका छन् ।

नेकपा समाजवादी निकट दलित मुक्ति संगठनको बैठकलाई शनिबार सम्बोधन गर्दै अध्यक्ष नेपालले एमालेबाट राष्ट्रपतिको अफर आए पनि राजनीतिक स्थायित्व र मित्र शक्तिहरूलाई धोका नदिनका लागि सो प्रस्ताव अस्वीकार गरेको बताएका छन् । अध्यक्ष नेपालले सहयात्रीलाई धोका दिएर पद ओगट्ने भन्दा पनि राजनीतिक इमानदारी देखाएको बताएका छन् । नेपालले कांग्रेसमा राजनीतिक इमानदारी रहेको र विगतमा पनि महत्वपूर्ण बेला कांग्रेसले साथ दिएको बताए ।

‘हामी देशभरका कम्युनिष्टलाई मिलाउन यो सरकारलाई दृढतापूर्वक समर्थन गर्छौ । तर हामी कुनै पार्टीमा गएर समाहित हुँदैनौ । हाम्रो बेग्लै भूमिका छ । यो सरकारलाई समर्थन रहेको सन्दर्भमा आठ दलीय गठबन्धनलाई हामी बलियो बनाउँछौँ र कम्युनिष्टहरूलाई एकजुट पनि पार्छौ’, उनले भने । नेपालले आफूले नेकपा एमाले ,माओवादी र नेकपा एसलाई एकताबद्ध बनाउन विगतको नेकपा ब्युँताउने प्रस्ताव राखेको समेत बताएका छन् ।

तपाईको प्रतिक्रिया