Deneme Bonusu Veren Siteler
सोमबार, पौष १५, २०८१
Monday, December 30, 2024

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सन् २०२६ सम्ममा नेपाल जलविद्युतमा आत्मनिर्भर बन्ने दावी गरेका छन् ।

काठमाडौँमा आयोजित नेपालमा जलविद्युत् क्षेत्रमा वित्तीय लगानी विषयक कार्यक्रममा बोल्दै निर्देशक घिसिङले पछिल्लो समय जलविद्युत् उत्पादन क्षमता बढ्दै गएकाले सन् २०२६ सम्म सुक्खा याममा समेत नेपाल जलविद्युतमा आत्मनिर्भर बन्ने अवस्था आउने बताए । उनले जलविद्युतमा आत्मनिर्भर भएर पनि त्यो समयमा २५ सय मेगावट बिजुली बढी हुने उल्लेख गरे ।

उनले भने, ‘उर्जामा निजी क्षेत्रले लगानी गरिरहेको छ । ११ हजार मेगावट जलविद्युत् उत्पादनका लागि पीपीएका लागि पाइपलाइनमा रहेका छन् । झन्डै ७ हजार मेगावटको पीपीए भइसकेको छ । यसमा ८ सय मेगावट बिजुली उत्पादन भएर आइसकेको छ । अहिले २५ सय ४४ मेगावट उत्पादन क्षमता भएको छ । प्रत्येक वर्ष ८ सय मेगावट बिजुली उत्पादन बढ्दै गएको छ । सन् २०३५ सम्म ८ हजार मेगावटको माग पुग्ने देखिन्छ । यसरी हेर्दा सन् २०४२÷४३ सम्ममा २० हजारसम्म आउँछ भन्ने अनुमान हो । सन् २०२६ सम्म नेपाल सुक्खायाममा पनि जलविद्युतमा आत्मनिर्भर हुन्छ ।’

कार्यकारी निर्देशक घिसिङले सन् २०३५ सम्ममा नेपालमा ८ हजार मेगावट बिजुली उत्पादन क्षमता पुग्ने अनुमान प्राधिकरणको रहेको बताएका छन् । उनले सन् २०४२-४३ सम्ममा २० हजार मेगावट बिजुली उत्पादन क्षमता पुग्ने अनुमान रहेको पनि बताए । जलविद्युत् उत्पादनका लागि १ दशमलव २ मिलियन डलर लगानी प्रतिबद्धता भइसकेको निर्देशक घिसिङको भनाई छ ।

तपाईको प्रतिक्रिया