काठमाडौं – क्लब विश्वकपको फाइनल खेलमा एसियाली टिम अल हिलालाई हराउँदै स्पेनिस क्लब रियल मड्रिडले क्लब विश्वकपको उपाधि जितेको छ। प्रिन्स मोउले अब्देल्लाह रगशालामा शनिबार राति सम्पन्न भएको खेलमा ५–३ को जितसहित रियलले उपाधि जितेको हो।
रियलका लागि भिनिसियस जुनियरले खेलेको १३औं मिनेटमै गोल गरेका थिए। त्यस्तै, १८औं मिनेटमा फेडेरिको भालभर्डेले अग्रता दोब्बर बनाएका थिए। माउसा मेरेगाले हिलालका लागि २६औं मिनेटमा पहिलो गोल गरे पनि पहिलो हाफमा रियल २–१ ले अघि रह्यो। दोस्रो हाफमा करिम बेञ्जिमाले एक गोल थपे भने भिनि र भालभर्डेले पनि समान १–१ गोल गरेर रियलको खातामा पाँच गोल पुरा गरेका थिए।
यता हिलालका लागि लुसियानो भेट्टोले दुई गोल फर्काए पनि जितकालागि पर्याप्त भएन। यससँगै रियलले पाँचौ पटक विश्वकपको उपाधि जितेको हो। उसले यसअघि सन् २०१४ मा पहिलो पटक जितेको थियो। त्यसपछि सन् २०१६, २०१७ र २०१८ मा पनि विश्वकपको उपाधि जितेको थियो।