काठमाडौं – अष्ट्रेलियन क्रिकेटर आरोन फिन्चले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका छन् । अष्ट्रेलियन टी-२० टिमका कप्तानसमेत रहेका फिन्चले ३६ वर्षको उमेरमा सन्यास घोषणा गरेका हुन् । उनले अष्ट्रेलियाको टी-२० टिममा सबैभन्दा धेरै समय कप्तानी गरे ।
सीमित ओभरको क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेका फिन्चले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरे पनि घरेलु लिगहरु खेल्ने जनाएका छन् । फिन्चले गत सेप्टेम्बरमा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए ।