Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

काठमाडौं – विश्वभरका खेलप्रेमीहरुलाई ‘वल्र्डकप फिभर’ ले छोपेका बेला नेपालीहरु पनि यसबाट अछुतो छैनन् । आफ्नो देश विश्वकपमा नपुगे पनि विभिन्न देशको समर्थनमा नेपालीहरुले यो फुटबल उत्सवमा सहभागी भइरहेका छन् । यही फुटबलमय माहोलमा सोमबार बिहानै काठमाडौंको दशरथ रंगशालामा एउटा रोचक भिडन्त देखियो । फुटबलको जर्सी लगाएर काठमाडौं महानगरपालिकाका दुईवटा टिम आपसमा भिडेका थिए । एउटा टिमको नेतृत्व मेयर बालेन्द्र साह र अर्को टिमलाई प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले नेतृत्व गरेका थिए ।

महानगर दिवसको अवसरमा आयोजित प्रमुख ११ र प्रमुख प्रशासकीय अधिकृत ११ बीचको मैत्रीपूर्ण फुटबल थियो यो । प्रमुख ११ मा महानगरका विभिन्न वडाबाट निर्वाचित जनप्रतिनिधिहरु थिए । प्रशासकीय अधिकृत ११ मा चाहीँ महानगरका कर्मचारी र नगर प्रहरीहरु थिए । नगर प्रहरीका प्रमुख राजु पाण्डे पनि सो टिमबाट खेलेका थिए । टिम कप्तान भए पनि मेयर बालेन्द्र साह खेलको उत्तराद्र्धमा मात्रै मैदानमा छिरे । उनी मैदान प्रवेश गर्दासम्म टिमले ५ गोल खाइसकेको थियो । बालेनले मध्यक्रमबाट खेलेका थिए । यद्यपि, उनमा फुटबल खेल्ने खासै सीप देखिएन ।

महानगरकी उपप्रमुख सुनिता डंगोल पनि रंगाशामा उपस्थित थिइन् । तर उनी खेलाडीका रुपमा मैदान प्रवेश भने गरिनन् । उनले बाहिरै बसेर बालेनको टिमको पक्षमा हुटिङ गरिन् ।खेलको अन्तिम नतिजामा ६:१ ले प्रमुख प्रशासकीय अधिकृत ११ ले जित्यो । यो फुटबल भिडन्त नियमसंगत तरिकाले खेलाइएको भने देखिएन । दुवै टिमका गरी ५० जना भन्दा बढी खेलाडी मैदानमा छिरेका थिए । धेरै खेलाडीहरुलाई फुटबलको नियम पनि राम्ररी थाहा नभएको पाइयो । महानगर दिवसका अवसरमा काठमाडौं महानगरपालिकाले हरेक वर्ष यस्तो मैत्रिपूर्ण फुटबल खेल आयोजना गर्दै आएको छ ।

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया