काठमाडौँ – चोटका कारण मैदान बाहिर रहेका ब्राजिलका स्टार स्ट्राइकर नेयमार मैदान फर्कने भएका छन्। नकआउट चरण अन्तर्गत सोमबार दक्षिण कोरियाविरुद्ध हुने खेलमा उनी मैदान फर्कन लागेका हन्। ब्राजिल फुटबल टिमका मुख्य प्रशिक्षक टिटेलाई उद्धृत गर्दै बिबिसीले आज (सोमबार) नेयमार मैदान फर्कने जनाएको छ। सर्बियासँगको पहिलो खेलमा चोट बोकेपछि नेयमारले समूह चरणका दुई खेल गुमाएका थिए।
दाँया खुट्टाको लेगामेन्टमा समस्या देखिएपछि उनले दुई खेल गुमाएका थिए। उनको अनुपस्थितिमा दुई खेल खेलेको ब्राजिल क्यामरुनसँगको खेलमा भने पराजित भएको थियो। क्यामरुनसँग पराजित भए पनि गोल अन्तरका आधारमा समूह विजेता बन्दै नकआउट चरणमा ब्राजिल प्रवेश गरेको हो।
आइतबार मैदान फर्कन तयार भएका हुन्? भनेर सोधिएको प्रश्नमा टिटेले भनेका थिए, ‘निश्चय पनि उनी सोमबार मैदानमा देखिने छन्।’ कतारमा जारी २२ औं संस्करणको विश्वकप फुटबल अन्तर्गत सर्बियासँगको खेलमा खुट्टामा चोट बोकेपछि उनी ८० मिनेटमा मैदानबाट बाहिरिएका थिए। उक्त खेल ब्राजिलले २–१ ले जितेको थियो।
नेयमारले आफ्नो पछिल्लो अवस्थामा जानकारी दिँदै इन्टाग्राममा लेखेका छन्, ‘मेरो जीवनमा कुनै पनि कुरा सहज भएन। मैले सधैं आफ्नो सपना र लक्ष्यका लागि काम गर्नुपरेको छ। मैले कसैलाई पनि नराम्रो गरेको छैन। जसलाई आवश्यक परेको छ उसलाई सहयोग गरेको छु। म घाइते छु यो राम्रो होइन। यसले चोट पुर्याउँछ तर म पक्का पनि फर्किनेछु। म मेरो देशका लागि र टोलीका साथीहरुका लागि आफ्नो सक्दो सहयोगका लागि प्रयास गर्नेछु।’