Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

काठमाडौँ – एशियाकप अन्तर्गत २८ अगस्टमा सुरु हुने भारत र पाकिस्तानबिच हुने खेलको टिकट पाउनको लागि समर्थकले अनौठो संघर्ष गर्नु परिरहेको छ। दुबईमा हुने खेलको टिकट १५ अगस्टबाट बेच्न सुरु गरिएको थियो।

तर टिकटको मागको क्यु यति लामो थियोकी कयौं समर्थकले अनलानइ अर्डरका क्रममा ५ लाख भन्दा बढीको वेटिङ लिस्टमा सामिल हुनु परेको थियो। तोकिएको टिकट सिर्फ ३ घन्टामानै सबै बिकेको थियो। जसका कारण धेरै समर्थक रितो हात रहे।

तर दलालको बिगबिगिपनि अत्याधिक रहेको छ। यो बिचमा भारत-पाकिस्तान बिचको खेलको टिकट क्लासिफाइड वेबसाइट तथा सामाजिक सञ्जालमार्फत ब्ल्याकमा बेच्न सुरु गरिएको छ। एक टिकटको मुल्य ५ हजार ५०० दिरहम (१ लाख २० हजार भारु) सम्ममा बिक्रि गरिएको छ। जबकी टिकटको बास्तबिक मुल्य ५४ हजार भारु रहेको थियो।

ब्ल्याकमा ब्यापक रुपमा टिकट विक्रि बढेपछि एशियाकपको टिकटिङ पार्टनर ‘प्लेटिनम लिस्ट’ ले टिकट यसरी बेच्नु अवैध भएको बताएको छ। उसले समर्थकलाई यस्तो टिकट अमान्य घोषणा हुन सक्ने भन्दै सचेत रहन भनेको छ। उसले कुनै दोस्रो माध्यामबाट खरिद गरिने टिकट अमान्य हुने भन्दै त्यस्तो कार्य नगर्न सबैलाई आग्रह गरेको छ।

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया