काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान तथा युवा लेग स्पिनर सन्दीप लामिछाने युएईको फ्रेन्चाइज क्रिकेट युएई इन्टरनेसनल टी–२० लिगको मार्की खेलाडीको सूचीमा परेका छन् । इमिरेट्स क्रिकेट बोर्डले पहिलो संस्करणका लागि सन्दीपलाई मार्की खेलाडीको सूचीमा राखेको हो । बोर्डले सोमबार सन्दीपसहित २१ खेलाडीलाई मार्कीको रुपमा राखिएको जनाएको हो ।
प्रतियोगिता आगामी ६ जनवरीदेखि १२ फेब्रुअरीसम्म हुनेछ । ६ टोलीले सहभागिता जनाउने प्रतियोगितामा कुल ३४ खेल हुनेछन्। प्रतियोगितामा सहभागी टोलीले १८ खेलाडी राख्न पाउनेछन् । जसमा १२ विदेशी खेलाडी राख्न पाइनेछ । प्लेइङ–११ मा भने कम्तीमा एकजना युएई र एसोसिएट राष्ट्रका खेलाडी हुनुपर्नेछ । यस्तै, हरेक टोलीले तीनजना युएईका खेलाडी, दुई एसोसिएट राष्ट्रका र एक युएई यू–२३ टोलीका खेलाडी राख्नुपर्ने नियम बनाइएको छ ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: सोमबार, साउन २३, २०७९
प्रकाशित समय: २१:५८:३८