Deneme Bonusu Veren Siteler
सोमबार, पौष २९, २०८१
Monday, January 13, 2025

काठमाडाैं – साउथ फिल्म स्टार समान्था रुथ प्रभुको नाम पूर्व पति तथा अभिनेता नागा चैतन्यलाई लिएर प्रायः जोडिने गरेको छ । यिनै समान्थाले हालैमात्र नागाको हैदाराबादस्थित एक पुरानो घर किनेकी छन् । यो घर किन्न उनले दुई गुना बढी पैसा तिर्नु परेको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

सन् २०२१ मा समान्था र नागाले सामाजिक सञ्जालमार्फत सम्बन्धविच्छेदको घोषणा गरेका थिए । त्यसपछि उनीहरुको बाटो सदाका लागि अलग-अलग रह्यो ।

तर हैदराबादस्थित नागाको यो घर समान्थाले किनेपछि पुनः यो जोडी चर्चामा छन् । उनले किनेको यो घरमा कुनै समय उनी नागासँग बस्थिइन् । तर सम्बन्धविच्छेदपछि दुवैको सहमतिमा यो घर बेचिएको थियो । अहिले पुनः यो आलिशान घरलाई समान्थाले दुई गुना मूल्यमा किनेकी छन् ।

लामो समयदेखि ठूलो पर्दामा नदेखिएकी समान्था चाँडै नै फिल्म ‘यशोदा’मार्फत दर्शकमाझ पुनरागमन गर्दैछिन् । यो तमिल फिल्म अगष्ट १२ मा रिलिज हुँदैछ ।

तपाईको प्रतिक्रिया