Deneme Bonusu Veren Siteler
सोमबार, पौष २९, २०८१
Monday, January 13, 2025

काठमाडौँ – लामो समयदेखि भिडियो स्ट्रिमिङको संसारमा रजाइँ गर्दै आएको नेटफ्लिक्स अहिले समस्यामा परेको छ। अप्रिल र जुलाईको बीचमा करिब १० लाख सदस्यहरूले नेटफ्लिक्स छाडेसँगै समस्यामा परेकाे हाे।

यो त्रैमासिकमा सबैभन्दा धेरै अमेरिकी र क्यानडाका ग्राहकहरूले नेटफ्लिक्स छाडेका हुन्। त्यसपछि युरोपको नम्बर आउँछ। मंगलबार सार्वजनिक गरिएकाे प्रतिवेदनमा यति ठूलो संख्यामा ग्राहकहरूले प्लेटफर्म छाड्नु कम्पनीको इतिहासमा सबैभन्दा ठूलो भएकाे बताइएकाे छ।

नेटफ्लिक्सले धेरै वर्षदेखि विश्वभरका मानिसहरूलाई मनोरञ्जन गराउँदै आइरहेकाे छ। कोभिडकाे समयमा धेरै मानिसहरूले नेटफ्लिक्सको सदस्यता लिएका थिए। तर, अचेल भने नेटफ्लिक्सले फेरि कठिनाइहरूको सामना गरिरहेको छ।

कुनै समय नेटफ्लिक्सले पूरै भिडियो स्ट्रिमिङ बजार हल्लाएको थियो। तर, अहिले नेटफ्लिक्सले एप्पल टिभी, एचबिओ म्याक्स, अमेजन प्राइम र डिज्नी प्लसजस्ता कम्पनीहरूबाट कडा प्रतिस्पर्धाको सामना गरिरहेको छ।

मूल्यवृद्धिको कारण घाटा

नेटफ्लिक्सले पनि पछिल्ला केही समयमा ग्राहकका लागि मूल्य बढाएको छ, जसकारण कम्पनीलाई नोक्सान भएको छ। अमेरिकामा दुईवटा डिभाइसमा एकैसाथ नेटफ्लिक्स चलाउन २०१९ मा ११ डलर लाग्दथ्याे।‍ जुन २०२२ काे जनवरीमा बढेर १४ डलर र अहिले १५.४९ डलर पुगेको छ।

बेलायतमा पनि नेटफ्लिक्सले एक यूरो बढाएको छ। अब महिनाको लागि बेसिक योजना ६.७७ यूरो भएको छ भने स्ट्यान्डर्ड याेजना १०.९९ यूरो छ। जुनको अन्त्यसम्ममा कम्पनीका करिब २२ करोड ग्राहक थिए।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया