Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ०४, २०८१
Friday, January 17, 2025

काठमाडौं – आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिकोणत्मक शृंखलाको चौथो खेलमा स्कटल्याण्डले नेपाललाई ८ विकेटले पराजित गरेको छ । नेपालले दिएको १२९ रनको लक्ष्य पछाएको स्कटल्याण्डले १९ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

स्कटल्याण्डका लागि कलुम म्याकलेओडले ६४ रन बनाए भने कील कोएत्जरले अविजित ४५ रन बनाए । त्यस्तै क्रोस्टोफर म्याक ब्राइड १० रन बनाएर आउट भएका थिए । नेपालका लागि सन्दीप लामिछाने र सोमपाल कामीले एक एक विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको नेपालले ३५.५ ओभरमा अलआउट हुदै १२८ रन बनाएको थियो । नेपालका लागि आसिफ सेखले ४० रन बनाए भने कप्तान सन्दीप लामिछानेले २२ रन बनाए भने बिनोद भण्डारीले १३ रन बनाए । त्यस्तै देव खनाल र रोहित पौडेलले १०-१० रन बनाए ।

त्यसैगरी स्कटल्याण्डका बलर हाम्जा ताहिरले सर्बाधिक ४ विकेट लिए भने मार्क वाटले ३ विकेट, गाभिन मैनले २ र क्रिस्टोफर म्याकब्राइडले एक विकेट लिए । यो जितपछि आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत स्कटल्याण्ड २४ खेलमा ३४ अंकसहित दोस्रो स्थानमा रहेको छ । त्यस्तै नेपाल भने अहिलेसम्म २० खेल खेलेर १७ अंक जोडेर छैटौं स्थानमा छ ।

तपाईको प्रतिक्रिया