काठमाडौँ – आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज नेपालले नामिबियासँग प्रतिस्पर्धा गर्दै छ। स्कटल्यान्डको भ्रमणमा रहेको नेपाली टोलीले आफ्नो तेस्रो खेलमा नामिबियासँग प्रतिस्पर्धा गर्न लागेको हो। नेपाल र नामिबियाको खेला आज अपराह्न ३ः४५ बजे हुनेछ।
नेपालले स्कटल्यान्ड भ्रमणका क्रममा यसअघि भएका दुई खेलमध्ये एउटामा जित र एउटामा हार ब्यहोरेको छ। पहिलो खेलमा नामिबियासँग ४० रनले पराजित भएको थियो भने दोस्रो खेलमा स्कटल्यान्डलाई पाँच विकेटले पराजित गरेको थियो।
नेपालले पछिल्लो पाँच खेलमा दुईमा जित, एउटा बराबरी र दुईमा हार ब्यहोरेको छ। त्यस्तै, नामिबियाले पछिल्लो पाँच खेलमा दुईमा जित र तीनमा हार ब्यहोरेको छ। लिग-२ अंक तालिमामा पनि नेपाल माथि छ। नेपाल १८ खेलमा १७ अंक बटुलेर पाँचौ नम्बरमा छ भने नामिबिया १७ खेलमा १६ अंक बटुलेर छैटौं नम्बरमा छ।
अहिलेसम्म ओमन ३६ खेलमा ४४ अंक जोडेर अंक तालिकाको शीर्षस्थानमा छ भने पपुवा न्युगिनी २० खेलमा दुई अंक छोडेर पुछारमा छ। यसको शीर्ष तीनमा रहेका टोली सन् २०२३ को विश्वकप छनोट खेल्न पाउनेछन्।