Deneme Bonusu Veren Siteler
सोमबार, पौष २९, २०८१
Monday, January 13, 2025

काठमाडौं – बलिवुड अभिनेता सुशान्त सिंह राजपुत मृत्यु प्रकरणमा नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले बुधबार आरोपपत्र दायर गरेको छ । एनसीबीले सुशान्तलाई अभिनेत्री रिया चक्रवर्तीले लागूऔषध दिएको आफ्नो आरोप पत्रमा उल्लेख गरेको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

आरोपपत्रमा रियाका भाइ शोभिकसहित ३५ जनालाई आरोपी बनाइएको छ । यो मुद्दाको सुनुवाई जुलाई २७ मा विशेष अदालतमा हुने भएको छ । रिया दोषी प्रमाणित भएमा १० वर्षको जेल सजाय हुन सक्छ ।

१४ जुन २०२० मा सुशान्त सिंह राजपूतको शव उनको मुम्बईको घरमा भेटिएको थियो । सुशान्तको परिवारले रिया र उनको परिवारमाथि गम्भीर आरोप लगाएका थिए । रिया र सुशान्त रिलेशनशिपमा थिए र लिभ-इनमा बस्थे । सुशान्तको मृत्यु हुनुभन्दा एक साताअघि रियाले घर छोडेकी थिइन् । आरोप लगत्तै रिया, उनका भाइ लगायत धेरै मानिसहरु शंकाको घेरामा परेका छन् । यस प्रकरणमा लागुऔषधको एंगल आएपछि एनसीबीले अनुसन्धान थालेको थियो ।

एनसीबीले सबै अभियुक्तहरूले मार्च २०२० र डिसेम्बर २०२० बीच उच्च समाज र बलिउडमा लागूपदार्थको प्रयोग र बिक्री गर्ने गरेको बताएको छ । नार्कोटिक्स कन्ट्रोल ब्युरोले आफ्नो आरोपपत्रमा सुशान्त सिंह लागूऔषध मुद्दामा अभियुक्त नम्बर १० रिया चक्रवर्तीले आरोपी नम्बर ६ स्यामुएल मिरान्डा, आरोपी नम्बर ७ शौभिक चक्रवर्ती र आरोपी नम्बर ८ दीपेश सावन्त र अन्यबाट गाँजाको धेरै डिलिवरी गरेको जनाएको छ ।

तपाईको प्रतिक्रिया