Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ०४, २०८१
Friday, January 17, 2025

काठमाडौं – नेपालले एसीसी महिला टी–२० च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा भुटानसँग प्रतिस्पर्धा गर्दैछ। शुक्रबारदेखि मलेसियामा सुरु हुने प्रतियोगितामा एसियाका १० टोलीबीच प्रतिस्पर्धा हुँदैछ। नेपाल र भुटानबीचको खेल यूकेएम एसडी क्रिकेट ओभलमा नेपाली समय अनुसार बिहान ८:४५ बजे सुरु हुनेछ।

समूह बी मा रहेको नेपाल कमजोर भुटानमाथि सानदार जितका साथ विजयी सुरुआत गर्ने लक्ष्यका साथ मैदान उत्रने छ। समूह बी मा नेपाल, हङकङ, कुवेत, भुटान र बहराइन छन्।

समूह ए मा युएई, मलेसिया, ओमान, कतार र सिंगापुर छन्। शीर्ष २/२ टोली सेमिफाइनलमा पुग्नेछन्। फाइनल पुग्ने दुई टोली एसिया कप महिला टी–२० क्रिकेट प्रतियोगिता खेल्न पाउने छन्। जहाँ भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका हुनेछन्। नेपाल पनि प्रतियोगितामा उपाधिको प्रमुख दाबेदार टोली हो।

नेपाली महिला क्रिकेट टोलीका मुख्य प्रशिक्षक जगत टमटाले आफ्नो लक्ष्य सबैलाई जित्ने रहेको बताएका छन्। ‘हामीले सबै खेल जित्ने नै हो। समूहमा शीर्षस्थानमा रहेपछि हामीलाई पनि सहज हुन्छ। प्रयास छनोट हुने हो’, उनले भनेका थिए।

नेपाली महिला टोली टी–२० आई विश्व वरीयतामा १७औं र भुटान ४७औं स्थानमा छ। नेपाल र भुटानबीच महिला टी२० आईमा एक खेल भएको छ। गत पुसमा आईसीसी वुमन्स टी२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले भुटानलाई ८ विकेटले हराएको थियो।

नेपाली महिला टोली :
रुविना क्षेत्री बेलबासे (कप्तान), इन्दु बर्मा (उपकप्तान), सीता रानामगर, ज्योति पाण्डे, कविता कुँवर, अश्मिना कर्माचार्य, कविता जोशी, ममता चौधरी, डली भट्ट, विन्दु रावल, संगिता राई, अप्सरी बेगम, काजोल श्रेष्ठ (विकेटकिपर) र सबनम राई।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया