काठमाडौँ– म्यानचेस्टर युनाइटेडका सुपरस्टार क्रिस्टियानो रोनाल्डोलाई ‘बिबिसी’ले सिजन २०२१–२२ का लागि ‘प्लेयर अफ् द’ सिजन घोषित गरेको छ ।
‘बिबिसी’ले हरेक वर्ष फ्यानको भोटिङका आधारमा वर्षको सर्वोत्कृष्ट खेलाडी घोषणा गर्ने गर्छ । यसपटक युनाइटेडका रोनाल्डोले ‘बिबिसी स्पोर्ट्स फ्यान प्लेयर अफ् द सिजन’ अवार्ड जितेका हुन् ।
३७ वर्षका पोर्चुगिज फरवार्ड रोनाल्डोले सिजनभरमा युनाइटेडका लागि ३८ खेल खेल्दै २४ गोल गरे ४ गोलमा असिस्ट गरे । उनले टिमको जितमा १२ खेलमा विजयी गोल गरे भने ६ खेलमा टिमलाई हारबाट बचाउन बराबरी गोल गरेका थिए ।
रोनाल्डोले प्रिमियर लिग १८ गोल र च्याम्पियन्स लिगमा ६ गोल गरेका थिए । उनी घरेलु लिगमा तेस्रो सर्वाधिक गोलकर्ता पनि बने । ‘बिबिसी’ले फ्यानको भोटिङका आधारमा सिजनको बेस्ट खेलाडी घोषणा गर्दा रोनाल्डोले कूल ५४ प्रतिशत भोट पाएर विजेता बनेको ‘बिबिसी’ले जनाएको छ । फ्यानले उनी एक्लैलाई बहुमत भोट दिएका हुन् ।
अहिले रोनाल्डो युईएफए नेसन्स लिगको सुरुआती ४ खेलका लागि पोर्चुगलको राष्ट्रिय टोलीको तयारीमा व्यस्त रहेका छन् ।