Deneme Bonusu Veren Siteler
शनिबार, माघ ०५, २०८१
Saturday, January 18, 2025

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोट खेल्न जाने नेपाली टोलीलाई मंगलबार विदाई गरेको छ ।

नेपाली टोली बुधबार मलेसिया प्रस्थान गर्नेछ । मलेसियाको क्वालालम्पुरमा जेठ २० देखि २६ सम्म छनोट प्रतियोगिता हुँदैछ ।

१४ जना खेलाडी र प्रशिक्षक महेश रिजालसहित चारजना अफिसियललाई क्यानका अध्यक्ष चतुरबहादुर चन्द, कार्यवाहक सचिव प्रशान्त विक्रम मल्ललगायतले विदाई गरेका हुन् । टिमको सहायक प्रशिक्षक रिजन प्रजु, म्यानेजर माया ज्ञवाली र फिजियोका रुपमा नेहा शाह नेपाली टिमसँगै हुनेछन् ।

आईसीसीले पहिलोपल्ट आयोजना गर्न लागेको महिला यू–१९ विश्वकप सन् २०२३ को जनवरीमा दक्षिण अफ्रिकामा हुनेछ । एसिया छनोट प्रतियोगिताको विजेता टोलीले विश्वकप खेल्न पाउनेछ ।

एसिया छनोटमा नेपालसँगै भुटान, मलेसिया, कतार, युएई र थाइल्याण्ड छन् । नेपालले आफ्नो पहिलो खेल जेठ २० मा कतारसँग खेल्नेछ । जेठ २१ गते युएई, २३ गते भुटान, २४ गते थाइल्याण्ड र २६ गते आयोजक मलेसियासँग खेल्दैछ । राउण्ड रोविन प्रणालीमा हुने प्रतियोगिताको शीर्ष टोली विश्वकपका लागि छानिनेछ । नेपाली टाेली करिव एक महिनादेखि प्रशिक्षणरत छ ।

नेपाली टिमः कृतिका मरासिनी (कप्तान), स्नेहा महरा (उपकप्तान), शृष्टी जैसी, मनिषा उपाध्याय, मनिषा रानामगर, एलिशा यादव, सना प्रवीण, रञ्जु श्रेष्ठ, आश्मा पुलामी मगर, सानु राजवंशी, किरण कुँवर, अन्जली विक, अनु कठायत र सुस्मिता भुसाल ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया