काठमाडौँ – चेल्सीलाई हराउँदै लिभरपुलले एफएफ कपको उपाधि जितेको छ। वेम्बली स्टेडियममा गएराति सम्पन्न खेलमा चेल्सीलाई पेनाल्टी सुटआउटमा हराउँदै लिभरपुलले उपाधि जितेको हो।
निर्धारित ९० मिनेटको समय र अतिरिक्त समयमा पनि दुबै टोलीले गोल गर्न नसक्दा खेल गोलरहित बराबरीमा रोकिएको थियो। पेनाल्टी सुटआउटमा भने लिभरपुलले ६-५ गोलअन्तरले खेल आफ्नो पक्षमा पार्यो। चेल्सीका म्यासन माउन्ट र सेसर एज्पिलिक्वेटा पेनाल्टीमा चुकेका थिए भने लिभरपुलका साडियो माने चुकेका थिए। यो सँगै लिभरपुलले क्लबको इतिहासमा ८ औं पटक एफए कपको उपाधि जितको छ।
THEY'VE DONE IT 🤩@LFC are #EmiratesFACup champions in our 150th anniversary season!#EmiratesFACup pic.twitter.com/yR2Pwrr4RJ
— Emirates FA Cup (@EmiratesFACup) May 14, 2022