Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

काठमाडौँ – साउथ फिल्म ‘केजीएफ २’मा अधीराको भूमिकामा अभिनेता सञ्जय दत्तको अभिनयको निकै प्रशंसा भइरहेको छ । हालै एक अन्तर्वार्तामा उनले क्यान्सर र ड्रग एडिक्सनको बारेमा बताएका छन् । ड्रग्स सेवनले उनको करिअर नै ध्वस्त भएको थियो । पिता सुनील दत्तको सुझावमा ड्रग्सको लत छुटाउन अमेरिकाको रिह्याब सेन्टरमा बसेका उनी अहिले ड्रग्सबाट पूर्ण रुपमा मुक्त छन् ।

उनले भनेका छन्, ‘म युवतीहरुको अगाडि निकै लजाउँथेँ । मलाई लाग्थ्यो कि ड्रग्स लिएपछि म कूल देखिन्छु । यही कारण मैले ड्रग्स लिन थालेँ । ड्रग्स लिएपछि म युवतीहरुको अगाडि कूल देखिन्थेँ । तर, ड्रग्सका कारण मेरो जिन्दगीको १० वर्ष एउटा कोठा या बाथरुमभित्रै वित्यो । मलाई फिल्ममा काम गर्न पटक्कै मन लाग्दैन थियो । ड्रग्सले मेरो जिन्दगी नै तहसनहस बनाएको थियो ।’

रिह्याब सेन्टरबाट फर्किएपछि मानिसहरुले आफूलाई ‘चरसी’ भनेर बोलाउने गरेको सञ्जय सम्झन्छन् । उनी भन्छन्, ‘सडकमा हिँडिरहेका मानिसहरु मलाई यसरी बोलाउँथे । यसपछि मैले आफूलाई परिवर्तन गर्ने निर्णय गरेँ । मैले शरीर बनाउन वर्कआउट गर्न सुरु गरेँ । यसपछि म ‘चरसी’बाट एक यस्तो व्यक्ति बनेँ, जुन देखेपछि मानिसहरु भन्ने गर्थे– ‘क्या स्वाग छ, क्या बडी छ ।’

लकडाउनको समयमा सिढी चढ्ने क्रममा सास फेर्न गाह्रो भएपछि डाक्टरसँग सल्लाह गरेर एक्स–रे गर्दा आफ्नो फोक्सोमा पानी भरिएको थाहा पाएको सञ्जयले बताएका छन् । डाक्टरले टिभी हुनसक्ने आशंकाले फोक्सोको पानी निकाले पनि पछि चेकजाँच गर्दा क्यान्सर निस्किएको उनी बताउँछन् । किमोथेरेपीपछि निको भएका उनी क्यान्सरलाई डटेर सामना गर्नुपर्ने धारणा राख्छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया