Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

मुम्बई – यतिबेला बलिउडमा रणवीर कपूर र आलिया भट्टको विवाहको व्यापक चर्चा छ । उनीहरूको विवाह समारोह भेन्यूदेखि समारोहमा हुने मेनूसम्ममा चासो छ ।

रणवीर र आलियाको विवाह समारोहमा कुनै पनि फोटो र भिडियो लिक हुन नदिने तयारीपछि हालै उनीहरूको समारोहमा उपस्थित हुने पाहुनाको संख्यालाई लिएर चर्चा चलिरहेको छ ।

रिर्पोटकाअनुसार विवाहमा रणधीर कपूर र मुकेश भट्टलाई कुनै निम्तो पठाइएको छैन । मुकेश आलियाका काका हुन् भने रणधीर रणवीरका काका हुन् ।

भारतीय मिडियाकाअनुसार उनीहरूलाई अहिलेसम्म विवाहको निम्तोको कार्ड पठाएको छैन । वास्तवमा दाजुभाइ महेश भट्ट र मुकेश भट्टको सम्बन्ध केही चिसिएको छ ।

यतिमात्रै होइन आलिया र रणवीरको विवाहमा उपस्थित हुने पाहुनाको संख्या पनि चर्चाको विषय छ । उनीहरूको विवाहमा एकदमै सीमित पाहुनाहरू मात्रै उपस्थित हुने बताइएको छ । रिर्पोटकाअनुसार उनीहरूलाई वैवाहिक जीवनको शुभकामना दिन २८ जना पाहुनाहरू मात्रै उपस्थित हुने छन् ।

यी जम्मा पाहुनाहरूमध्ये पनि धेरै पाहुनाहरू बेहुला पट्टिको रहेको बताइएको छ । आलियाको तर्फबाट उपस्थित हुने पाहुनाहरू पनि उनकी आमा सोनी राजदानको परिवारपट्टिका हुने बताइएको छ ।

आलिया र रणवीरको विवाह समारोह १४ अप्रिलदेखि १७ अप्रिलसम्म हुने छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया