Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

काठमाडौँ – नेपाली चलचित्र क्षेत्रमा स्टारडमको पर्यावाची बनेकी नायिका हुन् रेखा थापा । हिरोहरुको दबदबा रहेको समयमा २ दशक अगाडि चलचित्र ‘हिरो’बाट नेपाली चलचित्रको पर्दामा फर्किएकी रेखा त्यसपछि एकछत्र रुपमा यो क्षेत्रमा राज गर्न सफल भइन् । ‘हिम्मत, किस्मत, हिफाजत, अन्दाज, कसले चोर्यो मेरोे मन, काली, हिम्मतवाली, दुर्गा’ जस्ता चलचित्र उनले आफ्नै स्टारडमकोे बलमा हिट बनाइन् । नायकले नायिका जन्माउने योे क्षेत्रमा रेखाले भने नायकहरुलाई यो क्षेत्रमा जन्म दिइन् ।

रेखाले करिअर अगाडि बढाउँदै गर्दा उनकोे बिहे निर्माता छविराज ओझासँग भयोे । छविसँग एक दशक वैवाहिक जीवनमा बाँधिएकी रेखाले एक दशक अगाडि नै पारापाचुके गरेर मित्रपार्ककोे अपार्टमेन्टमा बस्दै आएकी छिन् ।

हुनत, रेखाको नाम चलचित्र क्षेत्रमा विभिन्न नायकहरुसँग नजोडिएको होइन । तर, ती सबै चलचित्र चलाउने फन्डा मात्र थिए भनेर वुझ्न गाह्रो छैन ।

छविसँग अलग भएको एक दशकपछि रेखाको बिहे चर्चा फेरि चलचित्र बजारमा चल्न थालेको छ । वुझिएअनुसार, रेखा वैशाख महिनामा बिहेको तयारीमा छिन् । श्रोतका अनुसार, रेखा केही समयदेखि एक यूवकको प्रेम सम्बन्धमा छिन् । उनी, प्रेमीसँग नै बैबाहिक जीवनको तयारीमा रहेको वुझिएको छ ।

रेखाले भने आउँदो साल आफूले बिहे गर्ने जवाफ मात्र दिदै आएकी छिन् । उनले, बिहेको प्रश्नलाई टार्न यस्तो जवाफ दिने गरेको पनि बताउँछिन् । रेखाले बिहे भव्य रुपमा नगर्ने सोच बनाएकी छिन् । रेखा निकट श्रोतका अनुसार, उनी सामान्य तरिकाले बिहे गरेर मिडियालाई र दर्शकलाई यसको बारेमा जानकारी दिने सोचमा छिन् ।

बिहे तामझामका साथ गर्न हुँदैन भन्ने सोेच राख्ने रेखाले योे बिषयमा सचेतना पनि जगाउँदै आएकी छिन् । यसैले, आफ्नो बिहे पनि भव्य रुपमा गर्दा गलत सन्देश जाने रेखाको वुझाई छ ।

कोरोना महामारी लम्बिदै गएको अवस्थाले गर्दा पनि चलचित्रको काम अगाडि बढ्न सकेको छैन । यसैले, रेखा वैशाखमा बिहे गरेर जीवनलाई नयाँ ढंगले अगाडि बढाउने सोेचमा छिन् । यसपछि, करिअरलाई पनि अगाडि बढाउन सहज हुने उनको वुझाई छ । तर, रेखाले भने बिहे हुने पक्का नभएको बताउँदै आएकी छिन् । तर, बिहेको बारेमा भने आफूले सोचिरहेको उनको भनाई छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया