Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

टाेकियाे – जापान सरकारले आफ्ना नागरिकलाई धेरैभन्दा धेरै दूध पिउन अनुरोध गरेको छ । अत्याधिक मात्रामा हुने दूध उत्पादनलाई उपभोग्य बनाउने योजना अघि सादै सरकारले यस्तो अनुरोध गरेको हो ।

काँचो दूधको प्रयोग बढोस् र खेर नजाओस् भन्ने उद्धेश्यले जापानी नेताहरुले दूधको उपभोग जतिसक्दो बढाउन भनेका छन् । जापानी प्रधानमन्त्री फुमियो किशिदा प्रेस सम्मेलन गर्दै सम्पूर्ण नागरिकलाई यसपटकको जाडोयाममा आफूले सधैँ पिउने भन्दा एउटा एक्स्ट्रा कप बढी दूध पिउनको लागि आग्रह गरेका छन् । उनले दूध पिउनुको साथै दूधजन्य पदार्थ बनाउन पनि सुझाव दिएका छन् ।

यो जाडोयाममा ५ हजार टनभन्दा बढी काँचो दूध खेर जान सक्ने सरकारको अनुमान छ । नयाँ वर्षका लागि विद्यालयहरु बन्द हुने भएकाले पनि जापानमा अरुबेला भन्दा जाडोयाममा दूधको खपत एकदमै कम हुने गरेको छ । त्यसमाथि कोभिड महामारीका कारण खाद्य उद्योगमा थप क्षति पुगेको पान डेरी विभागले बताएको छ ।

तपाईको प्रतिक्रिया