Deneme Bonusu Veren Siteler
आइतबार, माघ ०६, २०८१
Sunday, January 19, 2025

टोकियो – तेस्रो रनिङ्ग कप २०२१ को उपाधि गलकोट समाज जापानले जितेको छ । नेपाल भलिबल संघ जापानको आयोजनामा बुधबार साइतामा केन तोदा स्पोर्टस हलमा भएको तेस्रो खुला पुरुष रनिङ्ग कप २०२१ भलिबल प्रतियोगिताको उपाधि गलकोट समाज जापानले हात पारेको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

गलकोट समाज जापान र गलकोट स्पोर्टस क्लब टोकियोबीच भएको वेस्टाब ३ को फाइनल खेलमा गलकोट समाज जापानले २५-२३ र २५-१६ को सोझो सेटमा गलकोट स्पोर्टस क्लब टोकियोलाई हराउँदै तेस्रो खुला पुरुष रनिङ्ग कप भलिबल प्रतियोगिताको उपाधि चुम्न सफल भएको हो । गलकोट समाज जापानले नारिता डिसीलाई पराजित गराउँदै दोस्रो चरणमा पुगेको थियो भने स्पोर्ट्स क्लब एनबिएलाई पराजित गर्दै दोस्रो चरणमा पुगेको थियो ।दोस्रो चरणमा बोहोराफाँट समाजसँग भिडेको स्पोर्ट्स क्लब त्यसलाई पाखा लगाएर फाइनलमा प्रवेश गरेको थियो भने गलकोट समाज जापान दोस्रो चरणमा एनवाई एससीसँग भिडेर फाइनलमा गएको थियो । गलकोट समाज जापानले उपाधि चुमेसँगै ३ लाख येन नगद, मेडल, प्रमाण पत्र ट्रफ़ी र रनिङ्ग कप हात पारेका छन् भने उप विजेतामा चित्त बुझाउन बाध्य रहेको गलकोट स्पोर्ट्स क्लबले २ लाख येन नगद, मेडल, प्रमाण पत्र र ट्रफ़ी प्राप्त गरेको छ । बोहोराफाँट समाज जापान र एनवाईएससी ले सान्त्वना पुरस्कार स्वरूप जनही ५०-५० हजार येन नगद र प्रमाण पत्र पाएका छन् ।प्रतियोगितामा बोहोराफाँट समाजका वसन्त कार्कीलाई वेष्ट स्पाइक, एनवाईएससी समूहका अभिजित रायमाझीलाई वेष्ट प्लेयर, गलकोट स्पोर्ट्स क्लब टोकियोका मनोज केसीलाई वेष्ट ब्लकर, गलकोट स्पोर्ट्स क्लब टोकियो कै अमर भण्डारीलाई वेष्ट कोच र गलकोट समाज जापान कै मनोज केसीलाई वेष्ट डिफेन्डरबाट पुरस्कृत गरिएको थियो । भने मिराई लाईफ़ अवार्डबाट भविन थापालाई पुरस्कृत गरिएको थियो ।

प्रतियोगितामा देश वि देशमा रहेर पनि भलिबल खेलको विकासमा उल्लेखनीय भूमिका निर्वाह गरेका पूर्व राष्ट्रिय भलिबल खेलाडी, एक्स बगर युथ क्लबका संस्थापक तथा पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघका संस्थापक अध्यक्ष गुरुङलाई प्रमुख अतिथि एनआरएनए आइसीसी सदस्य रोबिन शेरचन तथा संघका अध्यक्ष रत्न सिंह बस्नेतले दोसल्ला तथा सम्मान पत्रद्वारा सम्मान गरिएको थियो ।कार्यक्रमको प्रमुख अतिथिको रूपमा रहेका एनआरएनए आइसीसी सदस्य रोबिन शेरचन, एनबिएका अध्यक्ष विजय थकाली, मोना आइसीसी वरिष्ठ उपाध्यक्ष दरिवल खड्का र तमु धी जापानका अध्यक्ष सौगात गुरुङले विजयी खेलाडीहरूलाई पुरस्कार,प्रमाण पत्र तथा चेक हस्तान्तर गरी सम्मान गरेका थिए ।

प्रतियोगितामा जापानका विभिन्न क्षेत्रबाट नौ समूहको सहभागिता रहेको थियो । प्रतियोगिताको मुख्य आकर्षणको रूपमा एनवाईएससी र आयोजक संस्थाका महिला भलिबल खेलाडीद्वारा मैत्रीपूर्ण खेल प्रस्तुत गरिएको थियो । प्रतियोगिता सञ्चालनका लागि २१ वटा विभिन्न संघ संस्थाले संस्थागत रूपमा सहयोग गरेका थिए । प्रतियोगिताको ट्राभल्स्र पार्टनर सुमेघ टुर एण्ड ट्राभल र मिडिया पार्टनरमा जनहित न्युज डटकम रहेको थियो ।औपचारिक कार्यक्रम संघका अध्यक्ष रत्नसिंह बस्नेतको अध्यक्षतामा संघका महासचिव भिक्टर ठाडा मगरको स्वागत भाषण रहेको थियो भने प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरुले परदेशमा रहेर पनि नेपालको राष्ट्रिय खेल भलिबल खेलको विकासमा महत्त्वपूर्ण भूमिका रही यसरी नेपाली-नेपालीबीच एकताको सूत्रमा एक जुट गराई प्रतियोगिता सफल गरेको आयोजकलाई धन्यवाद दिए । यस्तै सम्मानित गुरुङले आफूले भलिबल खेलको विकासमा गरेको योगदानको आज नेपाल भलिबल संघ जापानबाट सम्मान पाउँदा संघलाई धन्यवादसहित आभार व्यक्त गरे ।

तपाईको प्रतिक्रिया