काठमाडौँ – इंलिस प्रिमियर लिगअन्तर्गत शनिबार भएको खेलमा घरेलु टोली चेल्सी विजयी भएको छ । चेल्सीले लिड्स युनाइटेडमाथि ३-२ को रोमाञ्चक जित हात पारेको हो । स्टामफोर्ड ब्रिजमा भएको रोमाञ्चक खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा लिड्स पराजित भएको हो । खेलको २८ औं मिनेटमा राफिन्हाले पेनाल्टीमा गोल गर्दै लिड्सलाई सुरुवाती अग्रता दिलाएका थिए ।
४२ औं मिनेटमा मेसन माउन्टले गोल गर्दै चेल्सीलाई १–१ गोलको बराबरीमा ल्याए । ५८ औं मिनेटमा जोर्जिन्होले पेनाल्टीमा गोल गर्दा चेल्सी २–१ ले अघि बढ्यो । ८३ औं मिनेटमा जोसेप गेल्हार्डले गोल गर्दै लिड्सलाई २–२ को बराबरीमा ल्याए ।
थप गरिएको समयमा जोर्जिन्होले पेनाल्टीमार्फत नै व्यक्तिगत दोस्रो गोल गरेपछि चेल्सीले रोमाञ्चक जित निकाल्यो । यो जितसँगै १६ खेलमा ३६ अंक जोडेको चेल्सी लिगको तेस्रो स्थानमा रहँदा लिड्स १६ अंकका साथ १५ औं स्थानमा छ ।