Deneme Bonusu Veren Siteler
मंगलबार, माघ ०१, २०८१
Tuesday, January 14, 2025
काठमाडाैं – विश्वकै लागि यो वर्ष आर्थिक रुपले कठिन रह्यो । बुधबार प्रकाशित एक नयाँ अनुसन्धानको प्रतिवेदन अनुसार आपूर्ति श्रृङ्खलामा भएको अवरोध र उपभोक्ता मागको परविर्तनले विश्वका ठूला सहरहरुमा जीवनयापनको लागत बढेको छ ।

मुद्रास्फिति विगत ५ वर्षको तुलनामा सबैभन्दा तीव्र गतीमा पुगेर रेकर्ड नै तोडिएको छ । इकोनोमिस्ट इन्टेलिजेन्स युनिटद्वारा जारी गरिएको ‘विश्वव्यापी जीवनयापनको लागत सूचकांक-२०२१’ अनुसार ५ स्थानमा रहेको एउटा सहर यस वर्ष पहिलो स्थानमा उक्लिएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

इजरायली सहर तेल अभिभले गत वर्ष सूचीको शीर्ष स्थानमा रहेको पेरिसलाई उछिनेर शीर्ष स्थानमा पुगेको छ । दोस्रोमा पेरिस छ । सिङ्गापुर भने सूचीको तेस्रो स्थानमा आइपुगेको छ । ‘इआईयू’ले अभिभको सूचकांकमा तीव्र वृद्धि हुनुको कारण किराना र यातायातको मूल्यमा भएको वृद्धि र अमेरिकी डलरको तुलनामा इजरायली शेकेलको मूल्य भएको जनाएको छ ।

२०२१ को विश्वव्यापी जीवनको लागत सूचकांक पत्ता लगाउन १७३ शहरहरुमा सर्वेक्षण गरिएको थियो । ज्यूरिच र हङकङ सहर क्रमशः चौथो र पाँचौ स्थानमा परेका छन् । गत वर्ष यी सहरुहरु पेरिससँगै तालिकाको शीर्ष स्थानमा थिए । त्यस्तै न्यूयोर्क, जेनेभा, कोपेनहेगन, लस एन्जल्स, ओसाका पनि शीर्ष १० देशहरुमा परेका छन् । महँगो शहरको शीर्ष स्थानमा यूरोप र एसियाका विकसित देशहरु नै परेको देखिन्छ । सबैभन्दा तल्लो स्थानमा अफ्रिका र एसियाको कम विकसित शहरहरु रहेका छन् ।

यी हुन् सबैभन्दा महँगा १० सहर

१. तेल अभिभ, इजरायल
२. पेरिस, फ्रान्स
३. सिङ्गापुर
४. ज्यूरिच, स्विट्जरल्याण्ड
५. हङकङ
६. न्यूयोर्क
७. जेनेभा, स्विट्जरल्याण्ड
८. कोपेनहेगन, डेनमार्क
९. लस एञ्जल्स, क्यालिफोर्निया
१०. ओसाका, जापान

तपाईको प्रतिक्रिया