Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

काठमाडौं – नेपाली ब्रान्ड गोल्डस्टार फुटवेयरको बजार अब कतारमा पनि विस्तार हुने भएको छ । गोल्डस्टारले कतारमा आफ्नो ब्रान्डको बिक्री शुरु गर्न लागेको जनाएको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

हाल कतार निवासी प्यूठानका मधुसुधन केसीले कतारमा गोल्डस्टारको आउटलेट खोलेर नेपाली ब्रान्डको मार्केटिङ गर्ने भएका हुन् । केसी बैदेशिक रोजगारीको शिलशिलामा सन् २००७ मा कतारमा पुगेका थिए । तथापि, रोजगारीकै शिलशिलामा आफै व्यापार गर्न शुरु गरेका केसी हाल सोही स्थानमा सफल व्यवसायीको रुपमा स्थापित हुन सफल भएका छन् ।

पछिल्लो समय स्वदेशी उत्पादनलाई विदेशमा पनि चिनाउनु पर्छ भन्ने उद्देश्यका साथ अघि बढेका केसीले अब गोल्डस्टारलाई पनि अन्तर्राष्ट्रिय बजारमा चिनाउनु पर्छ भनेर कतारमा आउटलेट खोल्ने तयारी गरेको बताए । केसीको कतारको प्रख्यात एशिया टाउनको प्लाजा मलमा गोल्डस्टारको शोरुम रहेको छ । शोरुममा मात्र नभई अनलाइनको माध्यमबाट पनि गोल्डस्टार फुटवेयरको बिक्री गरिने उनले बताए । त्यस्तै कतारको बजारलाई मात्र लक्षित गर्दै इ–कमर्स साइट पनि छिट्टै सार्वजनिक गर्ने केसीले योजना सुनाए ।

नेपालमा मात्र नभएर अन्तर्राष्ट्रिय बजारमा समेत उपस्थिती जनाउन सफल लोकप्रिय नेपाली ब्रान्ड गोल्डस्टार कतारको लागि नेपालबाट अभिमन्यु शर्मा र थमन कुमार भण्डारीले कन्सलट्यान्टको रुपमा काम गरिरहेका छन् । गोल्डस्टार मात्र नभई देशका अन्य स्वदेशी उत्पादनलाई पनि कतारमा परिचित गराउने आफ्नो इच्छा रहेको केसीले बताए ।

तपाईको प्रतिक्रिया