Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडाैं – पहिलोपल्ट ९० वटा कन्टेनर बोकेर भारतको निजी कम्पनीको रेल नेपालको वीरगञ्जस्थित सुख्खा बन्दरगाह आइपुगेको छ । आज भारतबाट सामान बोकेर वीरगञ्जमा भारतीय निजी रेल आइपुगेको हो । कोलकाताको हल्दिया पोर्टबाट सोमबार हिंडेको रेल आज बिहान ९ बजे वीरगञ्ज आइपुगेको हो । यससँगै नेपालको सुख्खा बन्दरगाहसम्म मालसामान ढुवानीमा आउने रेलमा भारत सरकारको एकाधिकार तोडिएको छ ।

इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले नेपालमा भारतीय निजी रेल कम्पनीले सेवा दिन थालेको बताए । उनले सन् २०२१ को जुलाईमा नेपाल र भारत सरकारबीच भएको पारवहन सम्झौताअनुसार भारतीय निजी रेल कम्पनीले नेपालमा ढुवानी शुरु गरेको हो । सम्झौता भएको करिब दुई महिनापछि निजी कम्पनीले सञ्चालन गरेको रेल नेपालमा सामान ढुवानी गर्न आइपुगेको बताइएको छ ।

यसअघि, नेपाल र भारत सरकारबीच रेल सेवा सम्झौता भएको करिब १७ वर्षसम्म भारत सरकारको स्वामित्वमा रहेको कम्पनीले मात्रै नेपालमा यो सेवा दिँदै आएको थियो । नेपाल सरकार र भारत सरकारबीच २०६१ सालमा रेल सेवा सम्झौता भएको थियो । भारतीय रेल्वेको भगिनी संस्था कोन्करले मात्र नेपालमा रेलमार्फत कन्टेनर ल्याउँदै आएको थियो । जुन, निजी क्षेत्रको प्रवेशसँगै तोडिएको हो । हिन्द टर्मिनलले हल्दिया बन्दरगाहबाट उक्त सामान ल्याएको इन्टरमोडलले जानकारी दिएको छ ।

भारत सरकारसँगको सम्झौतापछि निजी क्षेत्रले नेपालमा सामान ढुवानी गर्न बाटो खुलेको थियो । योसँगै, भारत सरकारको विगत १७ वर्षदेखिको एकाधिकार तोडिनुका साथै अन्य निजी कम्पनीबीच प्रतिस्पर्धा हुने देखिएको छ । फलस्वरुप नेपाली आयात / निर्यातकर्ताले सहजै वैदेशिक व्यापार गर्न सक्ने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

भारतीय रेल सेवामा सञ्चालनमा ल्याउनका लागि अनुमति प्राप्त गरेका सबै किसिमका कन्टेनर तथा वागनहरु नेपालको लक्षित ढुवानीका लागि उपयोगमा ल्याउन सकिने छ । त्यस्तै निजी सेवा प्रदायकले सञ्चालनमा ल्याएका लोकोमोटिभबाट समेत नेपालमा लक्षित ढुवानी हुनेछ ।

अब नेपाल लक्षित पारवहन कार्गो ढुवानीका लागि नेपाल रेलवे कम्पनीको स्वामित्वमा रहने रेल तथा वागनले वीरगन्ज र विराटनगरदेखि कोलकाता, हल्दियासम्म रेल सेवा दिन सक्नेछ । आज आइपुगेको कार्गो यसैको उदाहरण हो । साथै नेपालले अहिले वीरगन्जसम्म रेलसेवा उपलब्ध भएकोमा विराटनर भैरहवा, इनरुवामा रेल पूर्वाधार तयार भएपश्चात् रेल सेवा उपलब्ध गराउन माग गरेको थियो । नेपाल–भारत पारवहन सन्धिमा व्यवस्था भएअनुसार अन्य पारवहन विन्दुमा तथा द्विपक्षीय व्यापार नाकाहरुमा सहमतिका आधारमा रेल सेवा विस्तार हुँदै जाने उल्लेख छ ।

तपाईको प्रतिक्रिया