बिहिबार, बैशाख २७, २०८१
Thursday, May 9, 2024

नागोया -जापानमा हिमालयन चितुवाको नामले चम्कदैं गएका अबिरल घिमिरेलाई अब जापानमा विज्ञापनमा पनि देख्न सकिने भएको छ। उनलाई मन पर्ने खेल किक बक्सिङ्ग मार्फत उनको चर्चा बढिरहेको छ । उनलाई जापानमा नेपालीले मात्र होइन , जापनिजहरुले पनि चिन्न थालेका छन्। नेपाली युवा किक बक्सिंग खेलाडी अबिरल घिमिरेले जापानमा पछिल्लो समय नयाँ इतिहास रचेका थिए। जापानको राजधानी टोकियोमा मार्च २८ तारिक भएको किक बक्सिङको विश्वचर्चित “के वन” भिडन्तमा जापानी खेलाडीलाई नक आउट गर्दै अबिरलले जित हात पारेका थिए। नेपाली खेलाडीले किक बक्सिङ “के वन” खेलमा जित निकालेको यो पहिलो पटक हो। हिमालयन चितुवाको नामले परिचय स्थापित गरेका अबिरल घिमिरेले जापानको राष्ट्रिय स्तरको ‘के फेस्टा’ अर्थात् ‘के वन प्रतियोगितामा चर्चित जापानी किक बक्सर कोतेचुलाई हराएका थिए।

अबिरल २१ बर्षको उमेरमै अन्तर्राष्ट्रिय स्तरको किक बक्सिङ टुर्नामेन्ट खेल्ने पहिलो नेपाली युवा खेलाडी समेत हुन्। अबिरलले खेलेका हिट ४७ व्यवसायिक किक बक्सिङ सहित ९ खेल मध्ये ८ वटामा निकालेका थिए। अबिरलले नियमित रुपमा सिमुरा डोजोमा प्रशिक्षण लिंदै आएका छन् । आफ्नो आमावुवा संग जापानको नागोया शहरमा बस्दै आएका अविरल घिमिरेलाई उनको मनपर्ने खेल बक्सिङ्गमा अहिलेसम्म सफलता हात परिरहेको छ। करिब ६ वर्ष जापान बसाईको क्रममा अबिरललाई निरंतर सफलता मिलि रहेको बुवा तथा उनको बक्सिङ्ग खेलका कोच (प्रशिक्षक) देव धिमिरेको भनाई छ । देव घिमिरे नेपालका मार्शलआर्टका पूर्व राष्ट्रिय खेलाडी समेत हुन्। साथै देब घिमिरेले पनि सन् २००४ मा “के वन” ग्राण्ड प्रिक्स भिडन्त गरेका थिए ।


अबिरलको चर्चा बढेसंगै जापानमा अबिरलले पहिलो पटक विज्ञापनमा अभिनय गरेका छन्। पहिलो पटक विज्ञापनमा पारिश्रमिक लिएर काम गर्न पाएकोमा अबिरल खु : शी छन्। जापानको नागोया शहरमा उत्पादित कोटको प्रचार – प्रसारका लागि अबिरलले विज्ञापन गरेका उनका बुवा देब घिमिरेले बताएका छन्। उक्त कम्पनीको कोट जो कोहीले पनि लगाउन सक्ने र काम गर्दा लगाउन कम्फटेबल हुने बताइएको छ। त्यसको मुल्य पनि बढी नरहेको देब घिमिरे बताउछन् । जापानमा नेपालीका पनि धेरै व्यवसय रहेको र व्यवसायलाई उकास्नका लागि विज्ञापन गर्न परेमा सम्झन घिमिरेले आग्रह गरेका छन्। जापानमा पछिल्लो तथ्याङ् अनुसार जापानमा १ लाखको हाराहारीमा नेपालीहरु रहेका छन्।

तपाईको प्रतिक्रिया