काठमाण्डाै – सरकारी निकायबाट प्रदान गरिने सबै प्रकारका सेवालाई नागरिक एपसँग अन्तरआवद्धता गरिने भएको छ ।
आर्थिक वर्ष २०७८/०७९ बजेटमा सरकारी निकायबाट प्रदान गरिने सबै प्रकारका सेवालाई नागरिक एपसँग अन्तरआवद्धता गरिने उल्लेख गरिएको छ ।
सम्भव भएसम्मका सबै सार्वजनिक सेवाहरु मोबाइल एपबाटै उपलब्ध गराउने उदेश्यले सरकारले गत बैशाख १९ गते नागरिक एपको फुल भर्सन सार्वजनिक गरेको थियो । नागरिक एप गूगल प्ले स्टोरे र एप्पल एप स्टोरमा उपलब्ध छ ।