Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०९, २०८१
Wednesday, January 22, 2025

काठमाडौं – १९ औं संस्करणको आहा रारा गोल्डकपको उपाधि संकटा क्लबले हात पारेको छ । उसले शनिबार निकै रोमाञ्चक बनेको फाइनलमा ट्राइब्रेकरमा अफ्रिकन रुट्स एसोसिएसनलाई ४-२ ले पराजित गर्दै पहिलोपटक उपाधि उचालेको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

संकटाका अमित तामाङ, सुवास तामाङ, निरज बस्नेत र आयुष घलानले गोल गर्दा सरोज दाहालले गोल गर्न सकेनन् । अफ्रिकन रुट्सका यनिक र राफायल रिमले गोल गर्दा केयुटे र एम्बाकोभले गोल गर्न सकेनन् । दुवै टिमले निर्धारित समयमा १-१ गोलको गरेपछि खेल ट्राइब्रेकरमा पुगेको थियो ।

खेलको ११ औँ मिनेटमा संकटाको कमजोर डिफेन्सको फाइदा उठाउँदै बासेकले गोल गर्दै अफ्रिकन रुट्सलाई अग्रता दिलाएका थिए । ५२ औँ मिनेटमा ग्लोरीले गोल गर्दै संकटालाई खेलमा फर्काए । त्यसपछि कुनै पनि टिमबाट गोल हुने नसकेपछि खेल अतिरिक्त समयमा पुगेको थियो ।

त्यो समयमा पनि कुनै पनि टोलीले गोल गर्न नसक्दा खेलको निर्णय पेनाल्टी सुट आउटबाट भएको हो । विजेता बनेको संकटाले १० लाख १ हजार प्राप्त गर्दा उप विजेता अफ्रिकन रुट्सले ५ लाख १ हजार प्राप्त गर्‍यो । सहारा क्लब पोखराको आयोजनामा चैत २१ देखि सुरु भएको प्रतियोगितामा ८ टोलीको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया